बैदेशिक रोजगारी– पीडित वढी, उजुरी न्यून


प्रकाशित मिति :2017-01-19 12:47:35

बिदुर आचार्य

सिन्धुपाल्चोक । पछिल्लो एक वर्षमा जिल्लावाट ९ सय ६५ जना महिला वैदेशिक रोजगारीमा गएको एक तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्क भारत वाहेक र नेपालको विमानस्थल हुँदै जाने सिन्धुपाल्चोकका कामदार महिलाको हो ।

एक वर्षमा राहदानी बनाउने ८ हजार ३ सय ३८ जना मध्य १ हजार ७४ जना महिला थिए ।  राहदानी वनाएका ६ हजार ६ सय ३८ जनालाई  सुरिक्षत वैदेशिक राेजगार सम्बन्धि परामर्श दिएको र ५ हजार २ सय ३० जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ । सो अवधीमा विदेशमै ३ जना कामदारको मृत्यु भएको, कागजात नभएकोमा २, बेपत्ता २, सम्झौता भन्दा अर्कै कम्पनीमा पठाएको १२ र ठगी को ९ वटा गरी २८ घटना जिल्लामा दर्ता भएका छन् ।
‘समस्यामा परेको भनेर उजुरी गर्न आउँछन्, तर उनीहरूसँग कुनै प्रमाण नै सुरक्षित हुँदैन,’ जिल्ला न्यायाधीवक्ता अभिकेशर पोखरेल भन्नुहुन्छ, ‘कतिपयको त प्रमाण नै पुग्दैन त पैसा पाएपछि कतिपय पीडित नै सम्पर्कमा आँउदैनन् ।’

‘१५ वर्षीया किशोरीलाई विहे गरेर कुवेतमा वेचेको तथ्य मैलै पाएको छु, तर पीडित महिला भने पीडकलाई कार्वाही हैन क्षतिपूर्तिको मात्र दावी गर्छिन्’ न्यायाधीवक्ता पोखरेलले चेतनास्तरमै परिवर्तनको जरुरत रहेको औल्याउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा राहदानी वनाउनु पुर्व सुरक्षित आप्रवासन परियोजना र शक्ति समूहले परामर्श सेवा दिने गरेका छन् । परामर्शमा नेपाल सरकारवाट श्रमका लागि स्वीकृती पाएका देश, स्वदेशकै विमानस्थल प्रयोग गर्ने, सरकारले ईजाजत दिएको बैदेशिक रोजगार कम्पनीलगायतका पुर्ण जानकारी गराईने परियोजनाले प्रष्ट पारेको छ ।

वैदेशिक रोजगारीमा गई समस्यामा पर्ने प्रायः उच्च महत्वकाङ्क्षामा प्रभावित हुनेहरू भएको परियोजना समन्वय समिति संयोजक तथा स्थानिय विकास अधिकारी कृष्ण वहादुर शाही वताउनुहुन्छ । ‘विदेशमा समस्या भोग्नेहरू नेपाल फर्केपछि भन्न चाँहदैनन् ।’ शाहीको अनुभवमा उनीहरूले परामर्श दाताको भन्दा दलालको नै विश्वास वढी गर्ने गरेका छन् ।

हरेक १ सय घरमा ५६ घर परिवारवाट वैदेसिक रोजगारीमा गएको परियोजनाको तथ्याङ्क छ । जसमा एक तिहाई महिला छन् । तर वैदेशिक रोजगारिको शिलशिलामा वढी महिला नै पीडित हुने गरेको परियोजना जिल्ला संयोजक रीना श्रेष्ठ वताउनुहुन्छ । वैदेशिक रोजगारीवाट फर्केकाहरूको अनुभव आदान प्रदान कार्यक्रम गरी सचेतना कार्यक्रम को सुरुवात गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: