गाउँका समस्या गाउँमै मिलाउँछन् महिला


प्रकाशित मिति :2017-01-20 10:16:25

ध्रुबसागर शर्मा

म्याग्दी (बेनी) । गाउँमा हुने विवाद समाधान गर्न महिलाले प्रहरी चौकी जान निषेध गरेको छभन्दा पत्याउन गाह्रो पर्ला । तर म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ बगरफाँटका महिलाले गाउँमा कुनै विवाद भए त्यसलाई समाधान गर्न प्रहरी चौकी जान नपर्ने गरी गाउँका समस्या र झैझगडा गाउँमा नै मिलाउने गरेका छन् । तर गाउँमा मिलाउन र मिल्न नसक्ने घट्नालाई प्रहरीसम्म पुर्‍याएर पीडितलाई न्याय दिलाउन पनि उनीहरू अग्रसर हुने गरेका छन् ।

गाउँघरमा कुनै विवाद भएमा त्यसलाई स्थानीयस्तरमा रहेको जनचेतना महिला मध्यस्थता समितिले नै समाधान गर्ने गरेकाले महिलालाई प्रहरी चौकी जानबाट रोकिएको समितिकी सदस्य तीलकुमारी कार्कीले वताउनुभयो ।

गाउँकै महिला मध्यस्थता समितिमा विवाद समाधान भएपछि त्यसले खर्च जोगाउनुका साथै समय पनि खेर नजाने मध्यस्थता समितिकी कल्पना के.सीको भनाइ छ ।

मध्यस्थता समितिले गाउँमै विवाद समाधान गर्न थालेपछि एकातिर महिलाहरुको महत्व बढेको छ भने अर्कोतिर महिलाहरुमा निर्णय क्षेमताको पनि विकास हुनुका साथै सामाजिक न्यायको भावनामा बृद्धि हुन थालेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ ।

२०६९ सालमा स्थापना भएको जनचेतना महिला मध्यस्थता समितिले हालसम्म ७९ वटा झैझगडा,५ वटा कुटपिट र गाली वेइज्जेतीका घटना, ३४ वटा श्रमदान र सामाजिक कामको विषयमा उत्पन्न भएका विवाद र ४२ वटा घरायसी विवादहरु मिलाएको समितिका अध्यक्ष गैमती कार्कीले जानकारी दिनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: