स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्दै


प्रकाशित मिति :2017-01-20 10:54:03

बेलिना थापा

लमजुङ । जिल्लामा स्वास्थ्य संस्थामा प्रसूति गराउने बढेका छन् । हाल ग्रामीण भेगका महिला पनि स्वास्थ्य संस्थामा आएर प्रसूति गराउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत अम्बिका के.सीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७०/ ७१ मा १५ सय ३६ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराए भने आर्थिक वर्ष २०७१/ ७२ मा १७ सय १८ जनाले प्रसूति गराएका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/ ७३ मा १८ सय ९१ जना महिलाले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् । यसरी हरेक वर्ष स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी सेवा लिनेहरू बढेको छन् ।

जनस्वास्थ्य अधिकृत के.सीका अनुसार गाउँगाउँमा प्रसूति सेवा सम्बन्धी ज्ञान र चेतना पुगेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या बढेको हो । जिल्लामा दक्ष स्वास्थ्यकर्मी बिना प्रसूति गर्नेको संख्यामा कमि हुँदै गएको छ । आर्थिक वर्ष २०७०/ ७१ मा चार सय जना घरमै सुत्केरी भएको पाइएको थियो भने २०७२/ ७३ मा त्यो संख्या ३२ जनामा झरेको छ ।

यस्तै, लमजुङका विकट गाविस इलमपोखरी, दुधपोखरीका केही महिलामात्र सुत्केरी हुन स्वास्थ्य संस्थामा पुगेका छन् । विचौर स्वास्थ्य केन्द्र रहेपनि सेवा लिने महिलाको संख्या न्युन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

के.सीले ग्रामीण वा सहरी भेगका जुनसुकै ठाउँमा बस्ने भएपनि नियमित गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो । समग्र लमजुङ जिल्लाको तथ्यांक हेर्ने भने ग्रामीण र सहरी क्षेत्रका अधिकांश महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएपनि केही स्थानका स्वास्थ्य केन्द्र उचाईमा रहेकाले नियमित जाँच र सुत्केरी हुन जान असजिलो भएको उहाँको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: