पुषमा पन्ध्र सय महिलाले लिए श्रम स्वीकृति


प्रकाशित मिति :2017-01-20 11:35:42

महिला खबर

काठमाडौं । पुष महिनामा एक हजार ४ सय ३९ महिलासहित कुल २६ हजार ४ सय ९४ जनाले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । अन्तिम श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने अन्तिम कागजी प्रक्रिया हो ।

विभागले सार्वजनिक गरेको पुष महिनाको प्रतिवेदन अनुसार बैदेशिक रोजगार कम्पनिले पनि २ हजार ९ सय ७६ महिलासहित कुल २३ हजार ९ सय २ जना श्रमिक विभिन्न मुलुक पठाउन पूर्व श्रम स्वीकृति लिएका छन् । अन्तिम र पूर्व श्रम स्वीकृतिका लागि खासगरि खाडी मुलुकहरू बहराइन्, ओमान, कतार, युएई र मध्यपूर्वका टर्की, जोर्डन र साइप्रसका लागि निवेदन आएका छन् ।

सोही महिनामा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने जम्मा ५ सय ८० मा महिला ७८ जना छन् । यीनमा अधिकांश महिलाले माल्दिभ्स्, जर्मनी र युएईका लागि श्रम स्वीकृति लिएका छन् ।

यसैगरि, व्यक्तिगत रुपमा वैधानिकरण गरी श्रम स्वीकृति लिने कुल एक हजार ४ सय ११ मा महिला १ सय ७० छन् । यसरी श्रम स्वीकृति लिनेमा कुबेत, लेवनन, ओमान, साउदी अरब र युएई जाने महिला धेरै छन् ।

यसैगरि, बिदामा घर आई पुनः श्रम स्वीकृति लिनेमा एक हजार ६८ महिलासहित जम्मा २३ हजार ७ सय ९६ जना रहेको विभागले जनाएको छ । यी मध्ये अधिकांश बहराइन, माल्दिभ्स, ओमान, साउदी अरब, युएई, कतार, कुबेत, लेवनन, मलेसियालगायतका देश जानेहरू छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: