लैङ्गिक हिंसा न्युनिकरण गर्न बजेट विनियोजन


प्रकाशित मिति :2017-01-20 15:53:23

पार्वती पाण्डे

कपिलवस्तु । जिल्लाका तीन गाविसले पहिलो पटक लैङ्गिक हिंसा न्युनिकरणको नीति अनुरुप हिंसा रोक्ने अभियानका लागि बजेट विनियोजन गरेका छन् । आर्थिक वर्ष ०७३/ ७४ का लागि सौराहा र हर्दौना गाविसले एक/ एक लाख र सिहोखार गाविसले ५० हजार रुपैयाँ बजेट छुट्याएका छन् ।

लैङ्गिक हिंसा नियन्त्रण समिती र पूरुष सहयात्री समुहको पहलपछि तीन गाविसले बजेट विनियोजन गरेको समिती सदस्य तथा सौराहा गाविसका निर्वतमान अध्यक्ष ओम प्रकाश पाण्डेयले बताउनुभयो । ‘लैङ्गिक हिंसा रोक्ने अभियान विरुद्धको अभियान अहिले नचलाए कहिले चलाउने? र, हामीले नचलाए कस्ले चलाउने? भन्ने मान्यतामा हामी छौं,’  उहाँले भन्नुभयो ।

लैङ्गिक हिंसा रोक्ने अभियानमा पुरुषको सरोकार बढ्दै गएको जनाउँदै अभियान सफल पार्नकै लागी गाविससँग बजेट आवश्यक भएको हर्दौनाका पुरुष समुहका सदस्य विजयप्रताप गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लैङ्गिक हिंसा रोक्ने अभियानका लागी बजेट विनियोजन गर्ने विषय गाविसमै नौलो हो ।’

गाविस स्तरीय समितीको मागपछि बजेट विनीयोजन गरिएको सौराहा गाविसका सचिव जगत नारायण दुबेले बताए । अघिल्ला वर्षहरुमा परिषद्मा लक्षितवर्गका कार्यक्रम मात्रै उल्लेख गरि बजेट विनियोजन हुने भएपनि यो वर्ष सम्पन्न परिषद्ले लैङ्गिक हिंसा न्युनिकरण अभियान सञ्चालनका लागि बजेट छुट्याएको उहाँले बताउनुभयो ।

गाविसहरु सरकारको लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी पञ्चवर्षिय कार्ययोजनालाई सहयोग पुर्याउने निती अनुरुप अगाडी बढिरहेकोले यस विषयमा सकरात्मक प्रसार भइरहेको जिल्ला संयोजक खग प्रसाद चापागाईले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: