न्यायाधीस नियुक्तिमा आफ्नो निर्णायक अधिकार छैनः प्रधानन्यायाधीस


उच्च अदालतमा महिला न्यायाधीस न्यून भएकोमा कानुन व्यवसायी महिला आक्रोशित

प्रकाशित मिति :2017-01-20 16:51:31

महिला खबर

काठमाडौं । उच्च अदालतको न्यायाधीस नियुक्तिमा आफ्नो निर्णायक भूमिका नभएको प्रधान न्यायाधीस शुसीला कार्कीले बताउनुभएको छ । महिला कानुन व्यवसायीसँगको भेटमा कार्कीले प्रधानन्यायधीसको निर्णायक अधिकार नभएकाले अपेक्षा गरेअनुरुप उच्च अदालतमा महिला न्यायाधीस नियुक्त गर्न नसकिएको बताउनुभएको हो ।

हालै उच्च अदालतमा ८० जना न्यायाधीस नियुक्त हुँदा जम्मा छ जना महिलामात्रै परेको भन्दै कानुन व्यवसायी महिलाले शुक्रवार ध्यानाकर्षण गराउने क्रममा प्रधान न्यायाधीस शुसीला कार्कीले निर्णय गर्न बसेको बैठकको अन्तिममा बारका प्रतिनिधि हिंडेकाले पनि महिला कम आएको प्रतिक्रिया दिनुभएको थियो । प्रधानन्यायाधीस कार्कीले बैठकमा महिलाको नामको सूचि नै नआएको समेत बताउनुभएको भेटपछि नेपाल बार एशोसिएसनका उपाध्यक्ष उषा मल्ल पाठकले पत्रकारलाई जानकारी दिनुभयो । प्रधान न्यायाधीसले राजनीतिक रुपमा दवाव दिन सुझाउनुभएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।

कानुन व्यवसायी महिलाले प्रधानन्यायाधीस कार्कीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । ‘न्याय परिषदका तीन जनामात्र सदस्य बैठक बसेर कार्यालय समयभन्दा पछाडी र कार्यालय बाहिर बैठक बसी संविधानले परिकल्पना र सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्त विपरीत अपारदर्शी र भेदभावपूर्ण तरिकाले गरेको निर्णयप्रति कानुन व्यवसायी महिला खेद व्यक्त गर्छौ ’ प्रधानन्यायाधीस कार्कीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रधान न्यायाधीस कार्कीलाई भेटेपछि पत्रकारसँग कुरा गर्दै नेपाल बार एशाेसिएसनका उपाध्यक्ष उषा मल्ल पाठक

इमान्दारपूर्वक काम गर्ने योग्य कानुन व्यवसायी महिलाको संख्या उल्लेख्य भएको र उच्च अदालतमा न्यायधीसका लागि १३० जना महिलाले आवेदन दिएपनि जम्मा छ जनामात्र नियुक्त हुनु दुर्भाग्यपूर्ण भएको नेपाल वार एशोसिएसनकी उपाध्यक्ष उषा मल्ल पाठकले बताउनुभयो ।

ध्यानाकर्षणपत्रमा निरन्तर क्रियाशील र योग्य महिला हुँदाहुदै अति न्यून महिला न्यायाधीस नियुक्त गर्ने अपारदर्शी रुपमा भएको भेदभावपूर्ण निर्णय समावेशी सिद्धान्त र विगतमा भएका निर्णय भन्दापनि पश्चगामी भएको उल्लेख छ । संवैधानिक र कानुनी सुनिश्चितता बाहेक प्रधान न्यायाधीसबाट विभिन्न अवशरमा सार्वजनिक भएका अभिव्यक्ति र प्रतिवद्धता अनुसार महिलाको समानुपातिक समावेशी सहभागिता नभएको भन्दै महिला कानुन व्यवसायीहरूले आपत्ती जनाएका छन् ।

प्रधान न्यायाधिसलाई भेट्न तीन दिनदेखि समयमाग्दा पनि नपाएको र शुक्रवार समय दिएपनि भेट्न नदिएको भन्दै कानुन व्यवसायी महिला प्रधानन्यायाधीसको कार्यालय बाहिर धर्ना बसेका थिए । उनीहरू नभेटी नजाने अडान राखेपछि प्रधानन्यायाधीसले दुईजनालाई भेट्न अनुमति दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: