सात वर्षमा सात लाख महिलाले लिए पासपोर्ट


प्रकाशित मिति :2017-01-20 17:16:18

महिला खबर


काठमाडौं । परराष्ट्र मन्त्रालयको पासपोर्ट विभागका महानिर्देशक सुशील कुमार लम्सालले गएको सात वर्षमा सात लाख महिलाले पासपोर्ट लिएको बताउनु भएको छ । उहाँका अनुसार सन् २०१० यता कुल ४६ लाख पासपोर्ट वितरण भइसकेको छ ।

माइती नेपालले सम्भावित आप्रवासनका लागि जाने महिला कामदारका बारेमा संकलित तथ्याङ्क सार्वजनिक गर्न अायाेजना गरेकाे एक कार्यक्रममा बोल्दै महानिर्देशक लम्सालले परराष्ट्र मन्त्रालयसँग पासपोर्टको ठुलो अभिलेख रहेकाले त्यसलाई मानव बेचविखनका विभिन्न पाटासँग विश्लेषण गरी उपयोगमा ल्याउन सकिने बताउनुभयो ।

यसैगरि, वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले अवैधानिक रुपले विदेश जाने क्रम नरोकिएको र त्यसले मानव बेचविखन नियन्त्रण चूनौतिपूर्ण बनेको बताउनुभयो ।

कार्यक्रममा माइती नेपालले सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आप्रवासनका लागि गएका ८ हजार ३१० र राहदानी विभाग काठमाडौं, झापा, काभ्रेपलाञ्चोक, मकवानपुर, मोरङ र रुपन्देहीबाट राहदानी लिएका १५ हजार ५ सय ४८ गरी कुल २३ हजार ८ सय ५८ महिलालाई सुरक्षित आप्रवासनबारे सूचना तथा परार्मश दिएको जानकारी गराएको थियो ।

यसैगरि ती महिलाको उमेर, जातिगत पहिचान, कामको प्रकार र जान चाहेको देश, शैक्षिक योग्यता, तालिम र भाषाको ज्ञानलगायतका विभिन्न विषयमा गरेका अध्ययनको सारांश समेत प्रस्तुत गरेको थियो । सो अध्ययन झापा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र मकवानपुरमा गरिएको थियो ।

कार्यक्रममा माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले माइती नेपालले पहिलो पटक तथ्याङ्क विश्षेलणको काम गरेकाले यसलाई अझ परिस्कृत रुपमा लैजाने बताउनुभयो । उहाँले मानव बेचविखन चूनौतिपूर्ण बन्दै गएकाले सरकार र संघसंस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: