अमेरिकी नयाँ राष्ट्रपतिलाई विश्वभरीका महिलाको खबरदारी (फोटो फिचर)


इतिहासकै बृहत प्रदर्शन् : लाखौं महिला सडकमा

प्रकाशित मिति :2017-01-22 11:54:49

महिला खबर

एजेन्सी। अमेरिकाका पैतालिसौं राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ महिला अधिकार मानव अधिकार हो भन्ने सन्देश दिन भन्दै  लाखाैं महिलाले अमेरिकालगायत विश्वव्यापी रुपमा  जुलुश प्रदर्शन गरेका छन् । अमेरिकाको वासिङटनमा निकालिएको जुलुसको समर्थनमा संसारभरी नै समर्थन जुलुस भइरहेका छन्। उक्त प्रदर्शनमा समर्थन जनाउदै न्युयोर्क, सिकागो ,लस एन्जलस,कोलोराडो, फिलाडेल्फियाका साथै विश्वव्यापी रुपमा पेरिस, बर्लिन, लन्डन् ,प्राग, सिड्नी, दक्षिण अफ्रीका तथा अन्य देशमा पनि प्रदर्शन भएको छ ।

उक्त जुलुसलाई अमेरीकी इतिहासमा नयाँ राष्ट्रपतिले पद सम्हाल्ने दिन निकालिएको सबैभन्दा बृहत प्रदर्शन मानिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ध्यानाकर्षण गराउँदै उनको सपथ ग्रहणको भोली पल्ट वासिङटनमा लाखौंको संख्यामा महिला सडकमा निस्केर राष्ट्रपतिलाई खबरदारी गरेका छन्

ट्रम्पको सपथ ग्रहणको भोलिपल्ट महिलाले जुलुस निकाल्ने

महिला समानता तथा महिला सशक्तिकरणका मुद्दालाई शसक्त बनाउन तथा यस बिषयलाई अझ प्रभावकारी बनाउन गरिएको जुलुसमा हिंडेका प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको महिलाप्रतिको दृष्टिकोणको बिरोधमा सहभागिता जनाएको बताएका छन् ।

बिरोधमा सहभागीले, ट्रम्पले चुनावी अभियानमा महिला प्रति उठाएका मुद्दाहरू गर्भ पतन, स्वास्थ्य बिमा तथा मौसम परिवर्तनविरुद्ध उनको नितीको निन्दा गरेका थिए। महिलाले आयोजना गरेको कार्यक्रम भएतापनि प्रर्दशनमा उल्लेख्य पुरुष सहभागी थिए ।

तस्बिर: एजेन्सीहरूबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: