वैदेशिक रोजगारीले बढायो सम्वन्ध विच्छेद


प्रकाशित मिति :2017-01-22 11:58:55

महिला खबर

सुनसरी। सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेका छन्। सरोकारवालाहरूले वैदेशिक रोजगार सम्वन्ध विच्छेदको मुख्य कारण औंल्याएका छन्। जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।

जिल्ला अदालत सुनसरीमा दैनिक चारवटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको तथ्याङ्क छ। अघिल्लो वर्षभरीमा ७४ वटा मुद्दा दर्ता भएका थिए।
पारालिगल कमिटि सुनसरी संयोजक इनु अधिकारीका अनुसार वैदेशिक रोजगार सम्वन्ध विच्छेदको एउटा मूल कारण वनेको छ। पुरुष वा महिला जो विदेश गएपनि विदेश जानेको परिवार टुटेका घटना धेरै पाइएको उहाँले वताउनुभयो। वैदेशिक रोजगारमा गएका श्रीमानले श्रीमतिलाई अनेक लान्छना लगाउने, हिंसा गर्ने गरेका कारण सम्वन्ध विच्छेद हुने गरेको उहाँको भनाई छ।

वैदेशिक रोजगारीमा गएर विभिन्न कारण पैसा कमाउन नसकी फर्केका महिलामाथि हिंसा हुने र त्यही कारण सम्वन्ध विच्छेद हुने गरेको समेत संयोजक अधिकारीको विश्लेषण छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: