स्थानीय राजनीतिमा बढ्दैछ महिलाको चासो


प्रकाशित मिति :2017-01-22 14:43:28

सर्मिला बुढाथोकी

दोलखा । स्थानीय निकायलगायत देशमा यो वर्षभित्र तीनै तहको निर्वाचन हुने चर्चा चलिरहेका बेला स्थानीयस्तरमा राजनीतिमा महिला सक्रियता बढ्न थालेको छ । संविधान कार्यान्वयन र आगामी निर्वाचनलाई केन्द्रित गरी स्थानीयस्तरमा राजनीतिक दलहरू सक्रिय हुन थालेपछि महिला पनि संविधानले दिएको अधिकार र आफ्नो सहभागितामा चासो राख्न थालेका हुन् । पछिल्लो समयमा बढेको महिला जागरुकतासँगै दलहरूले समेत महिलालाई बिभिन्न गतिविधिमा संलग्न गराउन थालेका छन् ।

नेकपा एमाले दोलखाले सुरु गरेको संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानमा महिलालाई सक्रिय सहभागी गराएको छ ।
दोलखा जिल्लाका ४८ वटा गाविस २ नगरपालिका (प्रस्तावित २ नगरपालिका र ७ गाँउपालिका) मा ११ टोली बनाएर सुरु गरिएको जनपरिचालन अभियानमा महिलाको सक्रिय सहभागिताले महिलाको संवैधानिक अधिकारको सहज कार्यान्वयन र ग्रामीण महिलालाई कानुनी अधिकारको बारेमा जानकारी हुने बुझाई एमाले दोलखाको रहेको छ ।

एमाले वैकल्पिक केन्द्रिय सदस्य रचना खड्का

नेकपा एमाले बैकल्पिक केन्द्रीय कमिटी सदस्य रचना खड्का महिला नेतृत्वको विकास गर्न जग नै बलियो हुनुपर्ने र महिलालाई राजनीतिमा सहभागी गराउनु अपरिहार्य भएको बताउँछिन् । खड्काको बुझाईमा जनपरिचालन अभियानमा महिलाको उल्लेख्य सहभागिताले महिलाको राजनीतिक तथा सामाजिक चेतना अभिबृद्धिसँगै संवैधानिक अधिकारको व्यवहारिक कार्यान्वयनमा सहजता हुनेछ ।

वैैकल्पिक केन्द्रीय सदस्य खड्काले नेकपा एमालेमा केन्द्रदेखि जिल्लास्तरमा महिलाको संख्या अन्य पार्टीको तुलनामा बढी भएको दावी गरिन् । ‘तर, सन्तोषजनक भने छैन’ उनले भनिन् ।

राजनीति पुरुषको मात्र नभई महिलाको पनि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको बताउँदै खड्काले संवैधानिक तथा पार्टीको विधानमा महिलाको एक तिहाई सहभागिता अनिवार्य भएकाले यसलाई कार्यान्वयनमा लान जोड दिईन् ।

अभियान अन्तर्गत विभाजन गरिएको ११ समूहका सबै समूहमा महिला नेता समावेश गरिएको जानकारी दिँदै खड्काले प्रत्येक गाउँमा पार्टीका गाउँ कमिटीमा महिलाको प्रतिनिधित्व बढाउन पहल गर्ने, महिलाको संगठित सदस्यता बृद्धि गर्ने लगायतका कामलाई पनि प्राथामिकता दिने बताईन् । पार्टीको विधानमा एक तिहाई महिला सहभागी गराउने निती भएपनि सदस्यता भने एक तिहाई नभएकाले यो अभियानमा महिलाको एक तिहाई सदस्यता अभिबृद्धिका लागि समेत टेवा पुग्ने खड्काको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी दोलखाले संविधान कार्यान्वयनका लागि ४ महिने जनपरिचालन अभियान २०७३ को लागि बनाएको ११ समूहमा प्रमुख अतिथि, टोली प्रमुख र सदस्य गरी १५ जना महिला नेताको सहभागिता रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोख्रलले जानकारी दिए ।

नेपाली कांग्रेसको गाउँ पार्टी सभापति उर्मिला कार्की

पछिल्लो समय नेपाली कांग्रेस दोलखाले पनि बिभिन्न गाविसमा गाउँ जागरण अभियान सुरु गरेको र महिला सहभागितालाई प्राथमिकतामा राखेको छ ।

नेपाली कांग्रेस दोलखाले पनि पार्टीको संगठन निर्माण गर्न र संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्न गाउँ अभियान सुरु गरेको र त्यसमा महिलालाई प्राथामिकतामा राखेर परिचालन गरिएको सचिव सन्तोष रिमाल बताउँछन् ।

नेपाली कांग्रेस काटाकुटी गाउँ पार्टी सभापति उर्मिला कार्की राजनीतिमा महिला सहभागिता कम रहेकाले पार्टीले अभियानमा महिला सहभागिता बढाएको भन्दै गर्दै महिला सहभागिताले संवैधानिक अधिकारको बारेमा ग्रामीण जनतालाई सचेत गराउन सहज हुने बताउँछिन् ।

बिबिध समस्याका कारण राजनीतिमा महिला सहभागिता कम रहेको सन्र्दभमा अभियानले महिलालाई सक्रिय गराउने गाउँ पार्टी सभापति कार्कीको भनाई छ ।

माओवादी केन्द्रको नेता रिता रिमाल

नेकपा माओवादी केन्द्र दोलखाकी नेता रिता रिमाल पार्टीले जिल्लाको बिभिन्न गाविसमा संविधान कार्यान्वयन र सङ्गठन निर्माण अभियान सुरु गरेको र त्यसमा महिला सहभागिता भएपनि त्यो सन्तोषजनक नरहेको बताउँछिन् ।

‘जनयुद्धको बेला पार्टीमा महिलाको सहभागिता र सक्रियता महत्वपूर्ण थियो, पार्टीले पनि महिला नेतृत्वलाई उच्च प्राथमिकता दिएको थियो, तर अहिले त्यस्तो महत्व दिएको पाईदैन’ रिमालले भनिन् ।

कमिटीहरूमा महिला सहभागिता ४० प्रतिशत हुनुपर्ने प्रावधान रहेपनि अहिलेको पार्टी नेतृत्वमा महिला सहभागिता अत्यन्त न्यून रहेको रिमालको भनाई छ ।

विगतको तुलनामा महिला राजनीतिमा सक्रिय भएकाले पार्टीले त्यही अनुसार प्राथमिकताका साथ अवसर दिनुपर्ने रिमाल बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: