राष्ट्रपति र सभामुख काँग्रेसले बनाएको होःसांसद थापा


तीन महिला नेता सम्मानित

प्रकाशित मिति :2017-01-22 16:41:04

भवानी अधिकारी

क्रमशःसरस्वती तिवारी, माया राना र निर्मला लम्साल

स्याङ्जा । नेपाली कांग्रेस क्षेत्र नम्बर एकका सांसद राजु थापाले बिद्या भण्डारीलाई राष्ट्रपति र ओनसरी घर्तीलाई सभामुख बनाउन नेपाली कांग्रेसले सहयोग गरेको दाबी गर्नुभएको छ ।

नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित स्याङ्जाका तीनजना केन्द्रीय सदस्यलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै थापाले नयाँ संविधानमा व्यवस्था भए बमोजिम भण्डारी राष्ट्रपति र घर्तीलाई सभामुख बन्ने अवसर जुटेको बताउनुभयो । सांसद थापाले महिलाकै विश्वास, सदभाव र भोटका कारण आफू निर्वाचित भएको बताउँदै समग्र महिलाका हक, हित, अधिकारका पक्षमा आफू लागि रहने बचन दिनुभयो ।

क्षेत्र नम्बर एक महिला संघको आयोजनामा भएको कार्यक्रममा सांसद थापाले केन्द्रीय सदस्यमा निर्वाचित सरस्वती तिवारी, माया राना र निर्मला लम्साललाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव कुमार राना, कोषाध्यक्ष प्रेमराज पौडेल, सम्मानित ब्यक्तित्व सरस्वती तिवारी, माया राना र निर्मला लम्साल, महासमिति सदस्य हिरादेवी शर्मा, क्षेत्रीय अध्यक्ष रेखा थापालगायतले अवसर सधँै नआउने र आएको अवसरको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी, शिक्षक संघका केन्द्रीय सदस्य भरत लम्साल, मुस्लिम संघका केन्द्रीय सचिव मुन्ना शेख, महिला संघका पूर्व सभापति मखमली श्रेष्ठ, सदस्यहरू पृथ्वी पोखरेल र तारा मल्ल, पूर्व सदस्य सीमा कर्माचार्य, महाधिवेशन प्रतिनिधी लेखमाया पौडेल र खगीसरा भण्डारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष अजित क्षेत्री, पुतलीबजार नगरसभापति वेदप्रसाद दोरंगाा, सांस्कृतिक संघका सचिव सुनीता पौडेल, क्षेत्र नं. २ महिला संघका सभापति सुनीता उचैलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
गत भदौको अन्तिम साता काठमाण्डौंमा भएको अधिवेशनमा स्याङ्जाबाट खुलातर्फ निर्मला लम्साल, जनजातीतर्फबाट माया राना र प्रदेश नं. ४ वाट सरस्वती तिवारी विजयी भएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: