प्रतिभा छ देखाउन पाउँदैनन् बालिका


प्रकाशित मिति :2017-01-22 16:46:22

ध्रुबसागर शर्मा

म्याग्दी। जिल्लाका ग्रामीण भेगका ९ देखि १७ वर्षसम्मका अधिकांश बालिका घाँस–दाउरा,मेला–पात र घरधन्दामा व्यस्त रहनुपर्ने वाध्यताले आफ्नो सीप र प्रतिभालाई सदुपयोग गर्ने अवसरबाट वञ्चित रहेका छन्।म्याग्दीको सदरमुकामदेखि टाढाका विकट गाउँको त कुरै छोडौं सदरमुकामसँगै जोडिएका गाउँहरूका बालिका पनि आर्थिक अभावका कारण घरेलु काम र निकृष्ट श्रम गर्नुपर्ने बाध्यताले आफ्नो प्रतिभालाई खुम्च्याउन बाध्य भएका छन्।
नृत्य र गायनमा रुची भएकी र केही साँस्कृतिक कार्यक्रममा भाग लिएर पुरस्कृत समेत भएकी तोराखेतकी १३ वर्षीया सिमाना विक, चित्रकलामा सम्भावना बोकेकी बगरफाँटकी ९वर्षीया पुष्पा सापकोटा,नाच्न मन पराउने तर घरको कामबाट कहिल्यै फुर्सद नपाउने वरंजाकी १६ वर्षीया नम्रता थापा आफूमा प्रतिभा र रहर हुँदाहुँदै पनि गरिबीका कारण मनभित्र नै गुम्स्याएर घाँस दाउरा र घरधन्दामा सिमित हुनु परेको वताउँछन्।

विहान–बेलुका घरको धन्दा गरेर दिउँसो विद्यालय जाने गरेका यी बालिका प्रशस्त सम्भावना बोकेका ग्रामिण प्रतिनिधि हुन्। यस्ता बालिका आफ्नो घरको काम र अभिभावकको वेवास्ताका कारण आफ्नो प्रतिभालाई आँफू भित्रै खुम्च्याउन बाध्य वनेका अर्जुन माविका शिक्षक नविन घिमिरेले वताउनुभयो।

घर र विद्यालयमा बालमैत्री वातावरण नहुँदा र बाल मनोविज्ञानलाई अभिभावक तथा शिक्षकहरूले नबुझिदिँदा कैयौं प्रतिभावान बालिका वाध्यता र लज्जाबोधका कारण खुलेर आफ्नो प्रतिभा प्रर्दशन गर्न नसक्ने अवस्थामा रहेका बुद्ध एकेडेमी बगरफाँटका शिक्षक प्रकाश सापकोटाले बताउनुभयो। ‘बालबालिका तथा किशोरकिशोरीहरूको मनमा स्वभाविक रुपमा रुमानी कल्पना र शैलानी रहर हुने गर्दछन्, ती कल्पना र रहरलाई अभिभावक र शिक्षकले सकारात्मक रुपमा लिइदिएर राम्रा कुरामा प्रोत्साहित गर्न सक्ने हो भने उनीहरूले आफ्नो प्रतिभालाई उजिल्याउन सक्छन्’ शिक्षक सापकोटा भन्नुभयो।

यसैगरी म्याग्दीका ग्रामीण भेगका बालिका निकृष्ट श्रम गर्न समेत बाध्य भएको पाइएको छ। घरको कमजोर आर्थिक अवस्था र अभिभावकको कमजोरीका करण उनीहरू निकृष्ट श्रम गर्न वाध्य भएका हुन्। महिला तथा बालबालिका कार्यालय म्याग्दीले बालिकाहरू घरायसी काममा बढी व्यस्त हुने गरेको वताएको छ भने बालबालिकाको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था रिक म्याग्दीले करिव सयजना बालिका निकृष्ट श्रम गर्न वाध्य भएका जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: