एकलाख महिलालाई रोजगारी दिन्छुःउद्योग मन्त्री


प्रकाशित मिति :2017-01-22 17:15:33

महिला खबर

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले अल्लो प्रशोधन केन्द्र स्थापना गरी एकलाख भन्दा बढी महिलालाई रोजगारी दिने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले पहिलो  दोस्रो चरणमा गरी  २२ जिल्लामा नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग गरी अल्लो प्रशोधन केन्द्र स्थापना गर्ने र त्यसमा एकलाख भन्दा बढी महिलालाई रोजगारी दिने योजना रहेको जानकारी दिनुभयो । खेर जाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्दै  उहाँले उक्त योजना सार्वजनिक गर्नुभएको हो । दलित आदिवासी समुदायका महिलालाई लक्षित गरी उनीहरूको जीवनस्तर सुधार्ने  उद्देश्यले पहिलोपटक फागुनको पहिलो साताबाट देशको ११ जिल्लामा यो कार्यक्रम लागू गर्न लागिएको  मन्त्रालयले जनाएको छ ।

डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा ,प्यूठान, पर्वत, दाङ, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सुर्खेतमा पहिलोपटक अल्लो सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो  । ती जिल्लामा सरकारले साझा सुविधा केन्द्र पनि स्थापना गर्ने भएको छ ।

सो केन्द्रमा सरकारले एक अल्लो प्रशोधन उपकरण उपलब्ध गराउने छ । उपकरण भएका केन्द्रमा न्युनतम १५० महिलाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
जङ्गलभित्र छहारीमुनी लगभग १२ सयदेखि ३ हजार फिटको उचाइमा हुने चाल्ने सिस्नो ६ फिटदेखि ८ फिटसम्म अग्लो हुने र साझा सुविधा केन्द्रले त्यस्तो सिस्नुको डाँठलाई प्रशोधन गरी रेशा उत्पादन गर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: