भान्जी बलात्कार गर्ने मामा पक्राउ


प्रकाशित मिति :2017-01-23 11:08:42

नन्दा थापा

बाजुरा । बाजुरामा भान्जी नाता पर्ने एक बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । पीडकले ती एघार वर्षिया बालिकालाई ललाई फकाई जंगलमा लगेर मुखमा कपडाले बाँधेर बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले माघीको अवसरमा दिदीको घरमा कोसेली पुर्‍याउन आएका पीडकले फर्किने बेलामा ब्रह्मतोला जाने बाटो देखाइदेउ भन्दै भान्जीलाई साथै लिएर हिँडेका थिए । बालिकालाई जर्बजस्ती गरि फरार भएका पीडकलाई आइतबार पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार गरी आफन्तको जिम्मा लगाइएको छ । बालिकाको अवस्था सामान्य रहेको छ । पीडक विरुद्ध जर्बजस्ती करणी ऐन अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती करणी सम्बन्धी यो तेस्रो मुद्धा दर्ता भएको कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: