एक्काइस महिलालाई साइबर सुरक्षाको तालिम


प्रकाशित मिति :2017-01-23 12:43:42

अनुपा गुरुङ

चितवन । विश्व शान्ति महिला संघ चितवनले २१ महिला सहित ५६ जनालाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ । कार्यक्रमका प्रमुख अतिथी विष्णुमाया परियारले देशको युवा पुस्ता भविष्यका कर्णधार भएको भन्दैे उनीहरुलाई आधुनिक प्रविधिको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले अपराध निराकरण गर्नका लागि पनि तालिम उपयोगी हुनेमा जोड दिनुभयो ।

तालिममा सहभागीहरुले आफुलाई दैनिक कामकाजमा आवश्यक पर्ने साइबर सुरक्षा सम्बन्धी जानकारी पाएको बताएका छन् । कार्यक्रमबारे जानकारी दिँदै विश्व शान्ति महिला संघकी केन्द्रिय प्रतिनीधि सुमित्रा पौडेलले देश विकासँगै प्रविधिको पनि विकास भएको बताउनुभयो । उहाँले देश प्रविधितर्फ फड्को मार्दै गरेको अवस्थामा तालिमको उपयोगले दैनिक जीवनमा सहयोगी हुनेमा जोड दिनुभयो ।

तालिममा पूजा गुरुङ, चिरञ्जीवी पोख्रेल र निमा जमरकट्टेलले प्रशिक्षण दिनुभएको थियो । संघकी चितवन अध्यक्ष श्रद्धा अर्यालको अध्यक्षतामा सो तालिमको आयोजना गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: