साहित्यमा महिलाका पीडा


प्रकाशित मिति :2017-01-23 14:12:26

सर्मिला बुढाथोकी

दोलखा। सानै उमेरदेखि घरमा लुगा धुने कामका लागि आउने कान्छीतिर घरमालिक अर्थात, बिक्रमबाबुको खासै नजर परेको थिएन । दुई बच्चाकी आमा कान्छीले रोजगारीको लागि जे पनि गर्न सक्छु भनेर प्रस्ताव राख्दा रोजगारदाता बिक्रमबाबु उनको देह भोग गर्न लालायित हुन्छन् ।

सम्पन्न बिक्रमबाबु र गरीब परिवारकी कान्छीको बाध्यतालाई देहव्यापारसँग जोडेर अघि बढेको यो कथा महिलाको बाध्यतालाई सन्तुष्टिको माध्यम बनाएका बिक्रमबाबुको महानतासँगै अन्त्य हुन्छ । श्रीओम रोदनले ‘स्वार्थ–स्वाद’ शीर्षकमा लेख्नु भएको यो कथाले पुरुषका लागि महिलाको बाध्यता कसरी अवसरको रुपमा आउँछ भन्ने देखाएको छ ।

देहव्यापारसँगै सम्बन्धित अर्को कथा ‘व्यापार’ ले पनि महिला कसरी देहव्यापारमा लाग्न बाध्य हुन्छन् भन्ने बताउँछ । कथाकार शेरबहादुर भुजेलले गाउँबाट शहर पसेर परिवर्तन भएकी मिरा र पार्वतीलाई कथाको मुल पात्रको रुपमा उभ्याउँदै उनीहरुले अरु महिलाको सिको गर्दागर्दै देहव्यापारमा होमिएको कुरा रोचक ढंगले पस्किएका छन् । यो कथामा सामान्य गुजारा हुने परिवारका महिलाको महत्वाकांक्षा बढ्नु तर त्यसलाई पूरा गर्न असमर्थ हुँदा देहव्यापार रोजेको देखिन्छ ।

कथाकी पात्र पार्वतीले देहव्यापारमा लाग्न अन्कनाइरहेकी मिरालाई सम्झाउँदै भन्छे – “कामको के कुरा भो र, व्यापार हो नी, दाम पनि हुने, मस्ती पनि हुने व्यापार ! मोरी, मनग्य आम्दानी हुन्छ, क्या !”

गत माघको पहिलो हप्ता सार्वजनिक भएको प्रदेय साहित्यिक पत्रिकाका दुई कथा हुन्, यी । दोलखाबाट प्रकाशित हुने यो साहित्यिक पत्रिकामा ३२ लघुकथा छन् र सबै महिलाका पीडामा केन्द्रित छन् । यौनको नाममा हुने महिला हिंसा, घरमा महिला सदस्यहरु सासु, देउरानी, जेठानी लगायतबाट बुहारीलाई गरिने व्यवहार, महिला माथि हुने सामाजिक तथा सांस्कृतिक विभेद जस्ता विषयलाई प्रदेयको लघुकथा विशेषाङ्कका अधिकांश कथाले समेटेको छ । सासु र बुहारी बीचको द्धन्द्ध, कर्तव्य बिर्सिएर अधिकार खोज्नेको आवरण, छोरीलाई गरिने विभेदकारी व्यवहार र संस्कार लगायतका विषय उठान गरिएका प्रदेय भित्रका लघुकथा रोचक र यथार्थपरक लाग्छन् ।

दोलखाका पत्रकार चिरञ्जीवी मास्केले आफ्नो स्वर्गीय आमा बिष्णुलक्ष्मी श्रेष्ठको नाममा स्थापना गर्नु भएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले लघुकथा समाज केन्द्रिय समितिको सहयोगमा प्रकाशन यो लघुकथा विशेषाङ्क प्रकाशित गरेकोे हो । कथाका माध्यमले महिला माथि हुने गरेका विभेदको भण्डाफोर गर्दै चेतना अभिवृद्धि र कानुनी अधिकार प्राप्तिमा सहयोग मिल्ने अपेक्षा गर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: