सफल सेना कमान्डरदेखि व्यापारीसम्मः मालती


प्रकाशित मिति :2017-01-24 12:19:30

यमुना खनाल

सिरहा। तत्कालिन माओवादी जनयुद्धमा मालतीले डेढसय माओवादी सेनाको बटालियनको नेतृत्व गरिन् । आफूले नेतृत्व गरेका दर्जनौं युद्ध जितेको गर्व साथ अहिले उनी सुनाउँछिन् ।

‘पढ्न लेख्न नपाएका, चरम गरिबीको चपेटामा परेका, समाजमा अपहेनामा परेका खान नपाएका एकसरो लाउन नपाएका , गाउँका हुनेखानेको थिचोमिचोमा परेका म जस्ता धेरै युवा बुझेर या नबुझेरै शसस्त्र द्वन्द्वमा होमियौं’ मालती भन्छिन् । गरिबीका कारण आफूले पढ्न लेख्न नपाएपछि शिक्षा र अधिकार पाईन्छ भन्ने आशाले शसस्त्र द्वन्द्वमा लागको मालतीको भनाइ छ । तर, शसस्त्र युद्धपछि दुःखी गरिबको जीवनमा परिवर्तन होला, हामी जस्ता गरिवले एक छाक खान पाउने दिन आउला भनेर युद्धमा गएपनि जसका लागि आवाज उठाएको उनीहरूको जीवनमा कत्तिपनि परिवर्तन नआउँदा भने उनी दुःखी बन्छिन् ।

शान्ति सम्झौतापछि मालतीले स्वेच्छिक अवकास रोजिन् । अहिले उनी व्यापारी हुन् । भोजपुरकी मालतीले सेनाबाट स्वेच्छिक अवकास लिएपछि चार,पाँच वर्षदेखि सिरहाको गोलबजार पसल चलाउँदै आएकी छन् ।

सशस्त्र द्वन्द्वमा सुरुदेखि नै उनी लागेकी हुन् । मालतीले आफ्नो जीवनको १० वर्ष सशस्त्र द्वन्द्वमा लगाईन् । ‘जीवनको मुख्य समय पार्टीलाई दिएँ, त्यसपछि घाइते शरीर लिएर परिवारसँग फर्किन कताकता मनले मानेनँ, त्यसैले यहाँ व्यापार सुरु गरेकी हुँ’ घरपरिवारबाट टाढा बसिरहेकी मालतीले सुनाईन् ।

आफू माओवादी युद्धमा लागेकोमा कुनै पछुतो नभएको मालतीले बताईन् । तर युद्धमा लगानी भएको जीवनको उर्जाशील समयले उनमा भने निकै परिवर्तन ल्याइदियो । त्यो परिवर्तन हो आत्मविश्वास र सहास । त्यही समयमा बटुलेको सहासले अहिले बिरानो ठाउँमा उनलाई एक्लै मज्जाले व्यापार व्यवसाय गरेर बस्न सक्ने बनायो ‘शसस्त्र युद्धमा आफू लडेकाले नै अहिले सफल व्यापारी बन्न्ने हिम्मत र साहास पाएकी छु’ मालतीले भनिन् ।

अशिक्षित गाउँले महिला यसरी भोजपुरबाट सिरहामा आएर व्यापारी बन्नुमा पार्टीमा लागेर भएको ब्यक्तित्व विकासले मात्र भएको उनको ठम्याई छ । १० वर्षे शसस्त्र द्वन्द्वकालमा कुशल नेतृत्व दिन सकेकी मालती आज व्यावसायिक जीवनमा पनि सफल हुने कोशिस गरिरहेको बताउँछिन् ।

समय समयमा छोरीको पौरख हेर्न आमा, बुबा ,दाजु ,भाई भोजपुरबाट सिरहा आउँछन् । यसले उनलाई झन उत्साह थप्छ । मालतीले पनि व्यापारबाट भएको आम्दानीले परिवारलाई सहयोग गर्छिन् ।

मालतीलाई घर परिवारले जस्तै सहयोग गरेका छन, सिरहाको गोल बजार बासीले पनि , भोजपुरकी मालतीलाई सिरहामा दाजुभाईको जस्तो अभिभाकत्व दिएको स्थानीय गोपाल मगर बताउँछन् । ‘यी त हाम्री गरिखाने छोरी हुन्, हामी गर्ब गछौ उनी प्रति । उनलाई हामी सफल व्यापारी बन्न सल्लाह र सुझाब दिन्छौं’ मगर भन्छन् ।

मालतीले सिरहाको गोल बजारमा पसल गरेको ४ बर्ष मात्र भयो तर मालतीको पसल अन्य बयापारीको भन्दा राम्रो चल्छ । उनको पसलमा ग्रहाकले भरिएका हुन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: