सामाजिक काममा अग्रसर हुँदै महिला


प्रकाशित मिति :2017-01-24 13:14:13

ध्रुबसागर शर्मा

म्याग्दी। बेनी नगरपालिका बगरफाँटका महिलाहरू एकजुट भई सामाजिक तथा आर्थिक विकासका काममा अग्रसर भएका छन्। सो गाउँका ३० जनाभन्दा बढी महिलाले समूहमा काम गर्नका लागि जनचेतना महिला सहयोग समूह गठन गरेका छन्।

उनीहरूले समूहमा रकम सङ्कलन गरी बचत कोष पनि स्थापना गरेका छन्। सो बचत कोषमार्फत सुलभ र सस्तो ब्याजमा ऋण लगानी गर्दै आएका छन्।

सधैँ घरधन्दामा मात्र सीमित रहेका महिलाको समूहमा आएपछि जीवनशैलीमा समेत परिवर्तन हुन थालेको जनचेतना महिला सहयोग समूहका सचिव लक्ष्मी घिमिरेले बताउनुभयो।

महिनाको दुईपटक बैठक बसेर बचत सङ्कलन गर्ने उनीहरूले स्थानीय समस्याको पहिचान गरी त्यसको निराकरणमा समेत बहस सुरु गरेका छन्।

समूहलाई थप सक्रिय र सेवामूलक बनाउन गाउँका सबै महिला एकजुट भएर सम्बन्धित निकायसँग पनि विभिन्न सहयोगका लागि अवाज उठाइरहेका छन्।

समूहको बैठकमा समयमा नआउने सदस्यलाई प्रतिव्यक्ति जरिवानास्वरूप पाँच रुपैयाँ लिने नियम बनाएको समूहकी सचिव घिमिरेलेे बताउनुभयो।

समूहले दुई सन्तानमात्र जन्माउने महिलालाई सुत्केरी खर्च र आगलागी तथा विभिन्न दैवीप्रकोपपीडित परिवारलाई सहयोग पनि प्रदान गर्दै आएको छ।

अनावश्यक खर्चको बचत तथा आपतविपत परेका बेला रकम झिक्न सजिलोका लागि समूह गठन गरेको समूहकी अध्यक्ष टीकाकुमारी कार्कीले जानकारी गराउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: