नक्कली बाबु बनेर सीमा कटाउन खोज्ने पक्राउ


एक हप्तामा पाँच किशोरीको उद्धार

प्रकाशित मिति :2017-01-24 13:57:31

महिला खबर
कपिलवस्तु । नक्कली बाबुसँग भारत हिँडेकी एक किशोरीलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको छ । उद्धार गरिएकी किशोरी पाल्पाकी रहेको प्रहरीले बताएको छ ।

कृष्णनगर प्रहरी र मानव अधिकारको क्षेत्रमा कार्यरत के.आई. नेपालको संयुक्त टोलीले किर्ते बाबुसहित किशोरीलाई उद्धार गरेको हो । प्रहरीका अनुसार किशोरी भारतको पञ्जाब जान लागेकी थिइन् । किशोरीसँगै बाबु नाता बताउने पूर्ण बहादुर दर्जी थिए ।

सीमाक्षेत्रमा भारत प्रवेशमा रोक लगाएपछि सोधपुछका क्रममा दर्जीले बाबु–छोरीको नाता रहेको बयान दिएको केआई संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । छोरीलाई कृष्णनगरसम्म छोड्न आएको दर्जीले बताएका थिए ।

किशोरीको नागरिकतामा बाबुको नाम भने हरिबहादुर दर्जी भएको प्रहरीको भनाइ छ । शंकाष्पद देखिएपछि थप अनुसन्धानका लागि किर्ते बाबुछोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पाल्पा पठाएको छ ।

किशोरीको बाबु हरिबहादुर दर्जीसँग सम्पर्क हुन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभएको छ । रिजालका अनुसार नागरिकता पाल्पामा जारी भएको हँुदा थप अनुसन्धान गर्न पठाएको हो ।

यसैबीच केआई नेपालले नेपाल प्रहरीको सहयोगमा गत सातामात्र पाँच जना किशोरीको उद्धार गरेको छ । परिवारलाई जानकारी नदिई भारतको दिल्लीतर्फ हिँडेका दाङ्गका २, कैलाली, कपिलबस्तु र मोरङका गरी पाँच किशोरीको उद्धार गरी अभिभावकको जिम्मा लगाएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: