गाउँ र नगरपालिका प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार हुनुपर्ने


प्रकाशित मिति :2017-01-25 11:54:15

महिला खबर

काठमाडौं । स्थानीय तहमा नेतृत्वमा महिला सहभागी गराउन संसदको राज्य व्यवस्था समितिले प्रमुख र उपप्रमुख मध्ये एकजना महिला उम्मेदवार हुनैपर्ने प्रस्ताव गरेको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको स्थानीय तहको निर्वाचन सम्बन्धि संशोधन विधेयकमा स्थानीय तहको नेतृत्वमा संविधानले महिला सहभागिताका बारेमा नबोलेकाले कानुनमा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेद्वार हुनपर्ने व्यवस्था गर्न प्रस्ताव गरेको हो ।

राज्य व्यवस्था समितिद्वारा गठित उपसमितिका सदस्य सांसद रामेश्वर फुयालले नगरपालिका, गाउँपालिकाका वडामा दुई उपाध्यक्षको व्यवस्था गर्ने र यस मध्ये एक महिला हुनुपर्ने, गाविस नगरपालिकामा पनि दुई उपप्रमुख हुने र यस मध्ये एक महिला हुनुपर्ने तथा जिल्ला समन्वय समितिमा महिला एक उपप्रमुख सहित दुई जना उपप्रमुख हुनुपर्ने संशोधन प्रस्ताव राख्नुभएको थियो ।

तर संविधानले वडामा उपाध्यक्षको व्यवस्था नगरेको र अन्य दुई तहमा पनि दुई उपप्रमुखको व्यवस्था नभएकाले हाललाई गाउँपालिका,नगरपालिका र जिल्ला समन्वय समितिमा प्रमुख वा उपप्रमख मध्ये एकजना महिला उम्मेदरवार हुनैपर्ने कुरामा सहमति गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘स्थानीय तहका पदाधिकारीमा एकजना महिला पनि नहुनु भन्दा बरु उम्मेद्वार हुनैपर्ने व्यवस्था भएपछि कहीँ न कहीँ त महिलाले जित्लान भनेर यसमा सहमति गरिएको हो ।’ संविधानमै गाउँ, नगरपालिका र जिल्ला समन्वय समितिमा दुई उपप्रमुखको व्यवस्था गरी एकजना महिला हुनैपर्ने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो । संविधान वनाउने क्रममा आफूले यो प्रस्ताव राखेपनि अल्पमतमा परेको सांसद फुयालले बताउनुभयो ।अब संविधान संशोधन गर्दा यस्तो व्यवस्था अनिवार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नयाँ संविधानले गाउँपालिकामा महिला चारजना, नगरपालिकामा पाँच जना र जिल्ला समन्वय समितिमा कम्तिमा ३ जना महिला सदस्य हुनपर्ने व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: