ट्रम्प नीतिले गर्भपतन अनुदानमा रोक


प्रकाशित मिति :2017-01-25 16:20:40

महिला खबर

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतन सम्बन्धी कानुनमा हस्ताक्षर गर्नुभएको छ । नयाँ कानुन अनुसार गर्भपतन गराउन सहयोग गर्ने तथा यसबारे जानकारी दिने अन्र्तराष्ट्रिय संगठनलाई अमेरिकाको तर्फबाट अनुदान दिइने छैन तर, यसले गर्भपतनमा भने प्रतिबन्ध लगाएको छैन ।

ट्रम्पको यो कदमलाई केहीले गर्भपतन माथि प्रतिबन्ध लगाउने अभियानको सुरुवात रहेको भन्दै विरोध गरेका छन् भने केहीले स्वागत गरेका छन् । उक्त कानुन हस्ताक्षर समारोहमा एक जना महिला पनि उपस्थिति नरहेको बताइएको छ ।

यो कानुन सबैभन्दा पहिले सन् १९८४ मा तत्कालिन रिपब्लिक राष्ट्रपति रोनाल्ड रेगनले ल्याएका थिए । सन् २००१ मा बिल क्लिन्टन र २००९ मा बाराक ओबामाले यस कानुनलाई स्थगित गरेका थिए तर, अहिले ट्रम्पले यो कानुनलाई फेरि सक्रिय बनाएका छन् । ट्रम्प चुनाव प्रचार प्रसारको समयदेखि नै प्रजनन् स्वास्थ्य, परिवार नियोजन र गर्भपतन जस्ता विषय विरुद्ध देखिदैं आएका छन् ।

गर्भपतन गर्न र गर्भपतन सम्बन्धी जानकारी पाउनु महिलाको यौन र प्रजनन स्वास्थ्यमा पर्दछ । यसलाई मानव अधिकारको विश्वव्यापी घोषणा पत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरुमा प्रतिस्थापित गरिएका छन् । दिगो विकास आयोजनाले सन् २०३० सम्ममा महिला तथा किशोरीमा सुरक्षित गर्भपतन र अन्य गर्भनिरोधक योजनाबारे पहुँच पुर्याउने उद्देश्य राखेको छ । तर, ट्रम्पको गर्भपतन सम्बन्धी यो नितीले दिगो विकास आयोजनालाई बाधा पुर्याउने देखिएको छ ।

यस नीतिले नेपालमा सञ्चालित परिवार नियोजन तथा सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रममा पनि गम्भीर असर पर्ने देखिएको छ । ट्रम्पको यस निर्णयबाट नेपालमा मातृस्वास्थ्य, परिवार नियोजनका लागि सुरक्षित गर्भपतन सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका करिब दर्जन गैरसरकारी संस्था प्रभावित हुनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: