तीस जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम


प्रकाशित मिति :2017-01-25 20:30:53

महिला खबर
काठमाडौं। महिलाको आर्थिक, सामाजिक सशक्तीकरण र विकासमा प्रभावकारी सुनिश्चित गर्न भन्दै ल्याइएको राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएको छ । यस कार्यक्रममा मानव सुचकांक अति कम भएका ३० जिल्लामा महिला लक्षित विभिन्न कार्यक्रमहरु छन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार कार्यक्रम महिलाको आर्थिक सशक्तीकरण गर्न, शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा पहुँच बढाउन र चेलीबेटी बेचविखन र सामाजिक कुरीति अन्त्य गर्न केन्द्रित छ । ०७३ को सुरुमै गर्ने भनिए पनि यसको कार्यविधि बन्न नसक्दा कार्यक्रम सुरु हुन सकेको थिएन ।

०७३ मंसिर २१ मा कार्यविधि स्वीकृत भएपछि यो कार्यक्रम सञ्चालनको बाटो खुलेको थियो । यसपछि ०७३ पुष ४ मा बसेको मन्त्रालय स्तरीय समस्या समाधान उपसमितीको वैठकले यस कार्यक्रमको कार्य प्रगती हालसम्म पनि शुन्यको अवस्थामा रहेको भन्दै विशेष सक्रियताका साथ कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यविधि नै ढिलो गरि स्वीकृत भएकोले कार्यक्रम ढिलो सुरु भएको महिला विकास विभागका महानिर्देशक नरेश कुमार चापागाईंले बताउनुभयो । उहाँले सीटीइभिटी (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद)लाई तालिमको लागत पठाउन भनिएको र तालिममा सहभागी हुनेको संख्या र सेवा प्रदायक संस्था छनौट भएपछि तालिम पनि छिट्टै सुरु हुने जानकारी दिनुभयो । ‘अब जिल्लाबाट के, कस्तो तालिमको माग आउँछ, त्यहि अनुसारको तालिम दिनेछौं । तालिममा सहभागी हुनेको संख्या र सेवा प्रदायक संस्था छनौट भएपछि तालिम पनि छिट्टै सुरु हुन्छ,’ उहाँले भन्नुभयो ।

महिलाको समान सहभागिता सुनिश्चत गर्न ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’

यो कार्यक्रम महिला विकास विभागले हेर्ने र यसले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयबाट कार्यक्रमहरु सुरु गर्ने विभागका निर्देशक हरिलक्ष्मी मानन्धरले जानकारी दिनुभयो । कार्यक्रममा सञ्चालित सेवा केन्द्रमा बालबालिका तथा वृद्धवृद्धाले पनि सेवा लिन उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा भएका महिला समुहहरुले मात्र सञ्चालन गरिरहेका यस्ता सेवा केन्द्र कार्यक्रम अब गैरसरकारी संस्थाको समेत साझेदारीमा सञ्चालन गर्न सकिनेछ । उहाँले भन्नुभयो, ‘कतिपय गैरसरकारी संस्थाले अहिले नै सेवा केन्द्र सञ्चालनमा ल्याइरहेकोले तिनीहरु मार्फत पनि जान सकिन्छ ।’

मूल रुपमा सात कार्यक्रम
कार्यक्रमले मुख्यगरि मानव सुचकांक अति कम भएका बाजुरा, मुगु, डोल्पा, हुम्ला, जुम्ला लगायत ३० जिल्लाका अति विपन्न, दलित, पिछडा वर्ग, जनजाति, खस आर्य तथा मुस्लिम वर्गका महिला लक्षित कार्यक्रम गर्नेछ । यस अन्र्तगत उद्यमशीलता, रोजगारीमुलक, सशक्तीकरण, सीप विकास तथा क्षमता अभिवृद्धि तालिमका कार्यक्रम रहेका छन् । एक जिल्लाबाट ३५ गरि ३० जिल्लाका कुल एक हजार ५० महिला यस कार्यक्रममा सहभागी हुनसक्नेछन् ।

यसैगरि, १० जिल्लामा मनोरञ्जन, कृषि, घरेलु काम लगायत विभिन्न अनौपचारिक श्रममा संलग्न महिलाका लागि पनि उद्यमशीलता, रोजगारीमुलक, सशक्तीकरण, सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम छन् । यसबाट करिब ५०० महिला लाभान्वित हुने बताइएको छ ।

कार्यक्रम अन्र्तगत मन्त्रालयको कार्यक्रममा प्रर्वद्धित सहकारी संस्थाद्धारा उत्पादित सामाग्रीको राष्ट्रिय प्रर्दशनी तथा उत्पादित सामाग्रीको बिक्री केन्द्रहरुको स्थापना तथा बजार प्रर्वद्धनका कार्यहरु गर्नेछ ।

यसैगरि २५ जिल्लामा गैरसरकारी संस्थाको साझेदारीमा संकटापन्न अवस्थामा रहेका महिला, बालबालिका तथा अपांगता भएकाहरुका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गर्ने, वेसहारा तथा अलपत्र परेकाको अल्पकालीन व्यवस्था, क्षतिपूर्तिको कार्यक्रम तथा सातौंमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न समन्वय, अनुगमन तथा प्रतिवेदन तयार पार्ने रहेको छ ।

कार्यक्रममा संवैधानिक तथा कानुनी व्यवस्था अन्तर्गत महिला अधिकार, हक हित, सेवा सुविधा सम्बन्धमा सञ्चार माध्यमबाट प्रचार प्रसार र अन्र्तक्रिया लगायतका कार्यक्रम, सुचना सामाग्री उत्पादन, प्रकाशन, प्रसारण, वितरण आदि पनि गरिनेछ ।

कार्यक्रमका लागि कुल ९ करोड ९८ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस अन्र्तगत विपन्न ३० जिल्लाका लागि ५ करोड ५० लाख, औपचारिक श्रममा संलग्न महिला लक्षित कार्यक्रममा लागि २ करोड, अल्पकालीन सेवा केन्द्र स्थापनाका लागि एक करोड, प्रचार प्रसार अन्र्तक्रियाका लागि ४० लाख, महिला सहकारीबाट उत्पादित सामान बजारीकरण गर्न ३० लाख, महिला सहकारीबाट उत्पादित सामानको प्रदर्शनका लागि ३० करोड रुपैयाँ छुट्याइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: