महिलाद्वारा सञ्चालित सञ्चारमाध्यमलाई अनुदान रकममा प्राथमिकता दिन्छौंः सञ्चारमन्त्री


सञ्चारमन्त्रीलाई पत्रकार महिलाको एघार बुँदे माग

प्रकाशित मिति :2017-01-26 15:54:44

महिला खबर


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले महिलाले सञ्चालन गरेका सञ्चार माध्यमलाई अनुदान रकम दिन प्राथमिकता दिने बताउनुभएको छ । मन्त्रालयमा सञ्चारिका समूहको ११ बुँदे मागपत्र बुझ्दै मन्त्री कार्कीले सरकारले पूरा गर्न सक्ने माग पूरा गर्ने वचन दिनुभयो । यस अवशरमा उहाँले महिलालाई अगाडी बढाउन अझै केही दशक विशेष अवशर दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यसकालागि महिला महिला भित्रै प्रतिस्पर्धा गर्ने गरी अवशरहरू दिनुपर्छ ।’

सन्चारिका समूहले सञ्चार क्षेत्रलाई लैंगिमैत्री बनाइ पत्रकार महिलाको सहभागिता बढाउन भन्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीलाई बिहीवार ११ बुँदे मागपत्र बुझाएको छ ।

सञ्चार क्षेत्रलाई पूर्ण समावेशी बनाउन निश्चित अवधिसम्म सकारात्मक विभेदको नीति लागू गरी पत्रकार महिलाको सहभागिता बढाउनुपर्ने, सरकारी सञ्चार माध्यममै सवै तहदेखि सञ्चालक समितिसम्ममा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयन हुने व्यवस्था गर्दै नीजि सञ्चार संस्थालाई पनि यसतर्फ प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्नेलगायतका माग उक्त मागपत्रमा रहेका छन् ।

समूहले श्रमजिवी पत्रकार ऐनलाई लैंगिकमैत्री हुनेगरी संशोधन गरी सबै सञ्चार माध्यममा ऐनको पूर्ण कार्यान्वयन गर्न र कार्यान्वयन भए नभएको अनुगमन गरी कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारले दिने सुविधाबाट वञ्चित गर्न समेत माग गरेको छ । यसो गरेमा पत्रकार महिलालाई यो पेशामा आउन प्रेरित गर्ने समूहको ठम्याइ छ ।

पत्रकारिता क्षेत्रमा महिला संख्या बढाउन र पेशामा लागेका महिलालाई निरन्तरता दिन प्रेरित गर्न नयाँ सञ्चार नीति कार्यान्वयनका लागि नया“ बन्ने ऐन र पुराना ऐन संशोधन गरी लैंगिकमैत्री बनाउन समूहले सरकारको विशेष ध्यानार्कषण गराएको छ । ‘सञ्चार प्रतिष्ठानलाई लैंगिकमैत्री बनाउने निर्देशिका–२०७१’ तत्काल पारित गरी लागू गर्न माग गरिएको छ ।

कार्यस्थलमा पत्रकार महिलाको भौतिक सुरक्षा, यौनहिंसा या दुव्र्यवहार हुन नदिने वातावरण बनाउन र घटना भइहाले तत्काल सुनुवाई गर्ने संयन्त्र निर्माण गर्न पनि समूहले माग गरेको छ ।

पत्रकार महिलाको दक्षता बृद्धि र आत्मविश्वास बढाउन सरकारले तालिम र वृत्ति विकासका अवसर दिनुपर्ने र नीजि क्षेत्रका सञ्चार माध्यमलाई पनि कार्यान्वयन गर्न सरकारले प्रोत्साहन गर्न सक्ने हुनाले तत्काल पत्रकार महिलाको क्षमता बढाउने कार्यक्रम घोषणा गर्न माग गरिएको छ ।

पत्रकारितामा महिलाको संख्या बढाउन र भएकालाई टिकाइराख्न सबै सञ्चार संस्थाले लैंगिक नीति अनिवार्य रुपमा बनाएर कार्यान्वयनको सुरुवात सरकारी निकायबाटै थालनी गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

पत्रकार महिलालाई निजामति कर्मचारीले सरह तीन महिना सुत्केरी विदा पाउने व्यवस्था गरी शिशु स्याहार केन्द्र स्थापनाका लागि कानुन संशोधन गनुपर्ने, महिलाद्वारा सञ्चालित वा प्रकाशित सञ्चारमाध्यमको प्रर्वद्धनका लागि सहुलियत व्याजमा ऋण, सञ्चार सामग्रीमा कर छुट, सञ्चारमाध्यमको वर्गीकरणमा समेत थप अंकभार राख्ने व्यवस्था गरी पत्रकार महिलालाई यस क्षेत्रमा आर्कषण गर्ने कार्यक्रम बनाउनुपर्ने, सञ्चारसम्बन्धि हुने राजनीतिक नियुक्तिमा ३३ प्रतिशत र सरकारका उच्चस्तरीय भ्रमणमा पत्रकार महिलालाई अनिवार्य सहभागी गराउनुपर्ने माग सरकारसँग गरिएको छ ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई मागपत्र र देशभरीका पत्रकार महिलासम्बन्धि अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: