महिला खबर
सिरहा । पाठेघर खसेका महिलाको उपचारका लागि सिरहाको लहानमा बिहीबारदेखि तीन दिने निःशुल्क शिबिर शुरु भएको छ । हेल्दी नेपाल कम्युनिटी बेस हस्पिटल सिनामंगल काठमाडौं को आयोजनामा शिविर आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
शिविरमा सिरहा, सप्तरी, उदयपुरका महिलाले सेवा लिन सक्ने कामना नर्सिङ होम लहानका संचालक चन्द्र नारायण कुशवाहाले जानकारी दिए छ ।
शिविरमा पहिलो, दोस्रो र तेस्रो चरणमा पाठेघर खस्ने समस्याको पहिचान गरिने कुशवाहाले बताए । पहिलो चरणको समस्या भएका महिलालाई रिङ पेसरी राख्ने, दोस्रो चरणको समस्या भएकाहरूका लागि रिङ पेसरी तथा निःशुल्क औषधी दिने आयोजकले बताए । तेस्रो अथवा जटिल समस्या भएकाहरूको भने निःशुल्क शल्यक्रिया तथा उपचार गरिने छ ।
Comment Here!