लैंगिक हिंसाबारे सूचना दिन मोबाइल एप ‘निडर’ सार्वजनिक


प्रकाशित मिति :2017-01-27 15:49:15

महिला खबर
काठमाडौं । लैंगिक हिंसाबारे जोगिन र सुरक्षित रहन मोबाइल एप ‘निडर’ आज सार्वजनिक गरिएको छ । उज्यालो फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदुत ग्लेन ह्वाइटले सो एपलाई सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राजदुत ह्वाइटले  महिला हिंसा अन्त्य गर्नु ठुलो चूनौति बनिरहेको बताउनुभयो । उहाँले सार्वजनिक र निजी स्थानमा महिलामाथि हुने सबैखालका हिंसा अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो ।

यसैगरि उज्यालो फाउन्डेसनका संस्थापक तथा कार्यकारी निर्देशक अमुदा मिश्रले भूकम्पको समयमा आफ्नो मोबाइल नम्बर फेसबुकबाट सार्वजनिक गर्दा आफैं पनि उत्पिडनमा परेको भन्दै हिंसाविरुद्ध उभिन सबैलाई आग्रह गर्नुभयो । उहाँले एपको प्रयोगले लैङ्गिक हिंसाविरुद्ध सूचना दिन र जानकारी पाउन सहज हुने भएकोले यसको प्रयोग गर्न जोड दिनुभयो ।

के हो निडर एप ?
यो एउटा मोबाइल एप हो । यसलाई गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । यसमा ६ वटा फिचर राखिएका छन् । पहिलो फिचर एस ओ एस सन्देश रहेको छ । यसबाट आफू कठिन अवस्थामा हुँदा आफू बसेको स्थानबारे सुरक्षा निकायलाई जानकारी दिन सकिन्छ । दोस्रो फिचर तत्काल उद्धार बटन रहेको छ, यसबाट आपत्कालीन अवस्थामा सहायता लिन सकिन्छ ।

तेस्रो फिचर जोखिम अवस्था बटन रहेको छ, जसले आफ्नो जोखिमपूर्ण अवस्थाबारे वरपरका व्यक्तिहरूलाई सचेत गर्न सहयोग पुर्याउँछ । चौथो फिचर सम्पर्क निर्देशिका रहेको छ । यसले लैंगिक हिंसाविरुद्ध कार्यरत संघसंस्थामा तुरुन्तै सम्पर्क गर्न सकिन्छ । पाचौं नम्बरमा लैंगिक हिंसा रिर्पोट भन्ने फिचर छ । यसले नेपालको जुनसुकै ठाउँबाट लैङ्गिक हिंसा सम्बन्धी रिर्पोट गर्न सकिन्छ । छैटौं फिचर सुरक्षा चेक इन रहेको छ । यसले तपाई कति सुरक्षित हुनुहुन्छ भन्ने देखाउँछ । एपलाई यल्लो नेपालका चिफ टेक्निकल अफिसर मनिषा कर्माचार्यले बनाउनु भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: