पुरुष भन्छन् ‘महिलालाई नगन्ने त नवुझेरै रैछ’


प्रकाशित मिति :2017-01-29 12:19:29

एउटा मात्र पांग्राले रथ गुड्न सक्दैन । दुवै पांग्रा समान रुपमा अगाडि गए भनेमात्र त्यो रथमा सँगै गन्तव्यमा पुग्न सकिन्छ । यही भनाइलाई आत्मसात गर्दा कपिलवस्तुमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।

पार्वती पाण्डे

कपिलवस्तु । पछिल्लो समय लैंगिक हिंसा अन्त्यका लागि पुरुषको सहकार्य र सकारात्मक सोचले अभियानमा अघि बढ्न महिलालाई पनि सहयोग पुगेको छ । जसका कारण लैंगिक हिंसा समेत कम हुँदै गएको छ । महिलाको भावना र उनीहरूको कदरलाई पुरुषले वुझ्न थालेपछि समाज राम्रो अनि शान्तिपूर्ण बन्दै गएको छ । सधैँ रक्सी खाइ गाउँमा झैझगडा गर्ने, श्रीमतीलाई कुट्ने, नागरिकता नबनाईदिने, छोराछोरीको जन्मदर्ता नगरिदिने पुरुषहरू पनि सुध्रिदै गएको तथ्य वाहिर आएको छ । महिलालाई गन्दै नगन्ने पुरुष पनि महिलाको सम्मान गर्न थालेका छन् । महिलाले गर्ने काममा पनि पुरुषहरूले सहयोग गर्दै आएका छन् ।

जिल्लाको सौराहा, हर्दौना, सिहोखोर तीनवटै गाविसमा २५ जनाको पुरुष सहयात्री समूह छ । जसमा युवा सञ्जाल, वालक्लव, सहकारी, शिक्षक, स्थानिय राजनैतिक दल, प्रहरीलगायतका प्रतिनिधि सदस्य छन् भने गाविस सचिव समूहको संयोजक छन् । ती समूहले गाउँमा हुने झैझगडा, लैंगिक हिंसा, महिलाका समस्यालगायतका विषयमा चासो राखी यसको न्यूनिकरणका लागि काम गर्ने र समस्या समाधान गर्ने गर्दै आएका छन् ।

हर्दौना गाविसको पुरुष सहयात्री समूहका राकेश रैदास भन्छन् – ‘अहिले गाउँमा सकारात्मक परिर्वतन आएको छ, गाउँमा हुने कुटपिट, झैझगडा, घरेलु हिंसाका समस्यालाई सवै पुुरुष वसेर छलफल गरी समाधान गर्ने गरेका छौं, जसले गर्दा गाउँ शान्तिमय भएको छ’ उनले भने । गाउँमा मिल्न नसकेका ठुला घट्ना जिल्लास्तरमा पठाउँने र सामान्य खालका मिल्न सक्ने खालका घट्नालाई गाउँमै छलफल गरी मिलाउने गरेका उनी बताउँछन् । उनी भन्छन् ‘महिलालाई नगन्ने त नवुझेरै रैछ, जव उनीहरूलाई हामीले राम्रोसँग वुझ्छौ, तव कहिले पनि त्यो घरमा हिंसा हुँदैन, शान्ति हुन्छ ।’

सिहोखोर पुरुष सहयात्री समूहका रामउजागिर यादवले पनि अहिले गाउँमा शान्ति छाएको वताए । ‘समूह गठन भएपछि पुरुषहरूमा सकारात्मक सोचको विकास भएको छ, समूहमा वसेपछि म आफैमा पनि परिवर्तन आएको छ’ उनले भने । पहिला घरमा श्रीमतीले गर्ने काम केही पनि होइन जस्तो लाग्ने गरेका बताउने रामउजागिर अगाडि थप्छन् ‘अहिले बल्ल वुझें, यदि घरमा श्रीमती नभए के हुन्थ्यो भनेर ।’ लैंगिक हिंसाविरुद्ध तालिम पाएपछि पुरुषहरूमा निकै परिवर्तन आएको उनले बताए । सौराहका पुरुष सहयात्री समूहका जितेन्द्र मिश्रले पनि समूहमा वसेपछि धैरै जानकारी प्राप्त भएको वताए ।

यहाँका पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनको भनाइ छ । गाउँमा महिलालाई कसैले हिंसा गरेमा, गाउँमा झैझगडा हुन थालेमा समूहका पुरुष जम्मा भई साम्य पार्न अग्रसर हुने गरेको उनी बताउँछन् । हालसम्म गाउँमा विभिन्न प्रकृतिका करिव एकसय वढी यस्ता मुद्दालाई गाउँस्तरमै मिलाईएको साथी संस्थाका खग प्रसाद चापागाईले वताए । संस्थाको सहकार्यमा ती गाविसमा लैंगिक हिंसा, वालविवाह रोक्ने, स्थानिय निकायबाट लैंगिक हिंसा न्युनिकरणका लागि वजेट विनियोजन गर्ने जस्ता काम भएका छन् । साथै ति गाविसमा महिला समन्वय समिति समेत गठन गरिएको छ । अव्यवस्थित रुपमा हुने रक्सी विक्री वितरण नियन्त्रण भएको छ ।

जिल्लाको दक्षिणी भेगमा महिालालाई हेर्ने दृष्टिकोणमा भएको परिवर्तनलाई सकारात्मक रुपले हेर्नुपर्ने प्रतिक्रिया महिला अधिकारकर्मी मिना परियारको छ । विभिन्न गैरसरकारी संघ संस्थाले गरेका क्रियाकलापले समाज परिवर्तन हुँदै गएको गैर सरकारी संस्था महासंघका जयप्रकाश पाण्डेले प्रष्ट्याए ।

लैंगिक हिंसा अन्त्यका लागि पुरुषसँगको सहकार्य अपरिहार्य हुने उदाहरण यसैवाट लिन सकिने अधिकारकर्मी पुष्पा रेग्मी वताउँछिन् । साँच्चिकै पुरुषले महिलालाई सकारात्मक सहयोग पु¥याउने हो भने घर परिवारदेखि राष्ट्र शान्ति र संवृद्धि बन्ने उनको तर्क छ । महिला र पुरुष कोही कसैका शत्रु होइनन्, दुवै मिलेमा शान्ति र संवृद्धि हुने मानवअधिकारकर्मी रवि ठाकुरको विचार छ ।

महिला र पुरुषको एकता नै लैंगिक हिंसा मुक्त समाज निमार्ण हुने र हरेक कार्यक्रममा महिला र पुरुष दुवैलाई राखी छलफल गर्दा हिंसा कम हुने रैछ भन्ने प्रमाण पुरुषसँगको सहयात्राले देखाएको उनी बताउँछन् । गाउँतहसम्म यस्ता कार्यक्रम गर्न सकेमा लैंगिक हिंसा मुक्त समाज वनाउन निकै सजिलो हुने उनको ठम्याई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: