महिला प्रधानमन्त्री हुन सक्छन् : सुवास नेम्वाङ


प्रकाशित मिति :2017-01-29 12:51:56

महिला खबर

सुनसरी । संविधान सभाका पूर्व अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङले अमेरिका जस्तो विकसित मुलुकले समेत महिला राष्ट्रपति बनाउन नसकेको बताउँदै नेपालको संविधानले महिलालाई प्रधानमन्त्री पनि बनाउन सक्ने दाबी गर्नुभएको छ । ‘हाम्रो संविधान महिलामैत्री छ, राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भइसकेको देशमा प्रधानमन्त्री पनि महिला हुने संभावना छ,’ उहाँले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख मध्ये एकजना महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव पनि एमालेकै रहेको नेम्वाङले बताउनुभयो । इटहरीमा नेकपा एमालेले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले समावेशी संविधान बनाएको र महिला प्रतिनिधित्वको लागि नेपाल विश्वकै उदाहरण बनेको बताउनुभयो ।

उहाँले छाउपडी प्रथा दण्डनीय हुने प्रस्ताव पनि संसदको उपसमितिवाट पास भइसकेको जानकारी दिनुभयो । यसैगरि, नेम्वाङले नब्बे प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरेर जारी गरेको संविधान माथि प्रश्न उठाउन नमिल्ने र संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: