लघु वित्तमा सदस्य बन्दै, व्यवसाय गर्दै दोलखाका महिला


प्रकाशित मिति :2017-01-29 13:57:16

सर्मिला बुढाथोकी

दोलखा । दोलखा नाम्दु मार्बुकी गिता रिमाल चरिकोटमा होटल व्यवसाय गर्छिन् । व्यवसायलाई निरन्तरता दिन आवश्यक रकम खोज्न उनलाई मुश्किल हुन्थ्यो । तर, लघुवित्तको सदस्य भएपछि उनको यो समस्या हटेको छ । उहाँका अनुसार आफुलाई चाहिएजति रकम आफु सम्बद्ध लघुवित्तबाटै लिन थालेपछि अरुसँग सरसापट माग्नु परेको छैन ।

‘अहिले सानो तिनो रकमको लागि समस्या छैन, लघुवित्तले हामी जस्ता साना महिला व्यवसायीलाई निक्कै टेवा पुगेको छ, ’ गीताले बताउनुभयो । उहाँले सदस्य बनेको ६ वर्षमा क्रण लिएर करिब ६ लाखको कारोबार गरिसकेको जानकारी दिनुभयो ।

भिमेश्वर नगरपालिकाकी सुकु श्रेष्ठ पनि लघुवित्तले महिलालाई लक्षित गरेर लगानी गरेकोमा मख्ख छिन् । लघुवित्त बैंकको समूहमा बसेपछि व्यक्तिगत बचत र धितो बिना नै ऋण पाउँदा महिलालाई आफैं अग्रसर भएर कारोबार गर्न सहज बनाएको उहाँ बताउनुहुन्छ । ‘लघुवित्तले महिलालाई बिना धितो ऋण लगानी गरेकोले धेरै महिला उत्साहित छन्, व्याजदर थोरै भए अझै प्रभावकारी हुने थियो, ’ उहाँले भन्नुभयो ।

लघुवित्त विकास बैंक अन्र्तगत समूहको सदस्य भएपछि समूहकै विश्वासमा बिना धितो दुईलाख सम्म ऋण पाउन सकिन्छ । लिएको क्रणको मासिक किस्तामा साँवा ब्याज बुझाउनु पर्ने प्रावधान छ तर ब्याजदर भने २० प्रतिशतसम्म रहेको छ ।

समाजमा हुने गरेका धेरै जसो आर्थिक कारोबारमा पुरुष नै देखिन्छन् । महिला पनि कारोबारमा सक्रिय तथा सशक्त हुन् भन्ने उदेश्यले महिला लक्षित कार्यक्रम सञ्चालन भएको डिप्रोक्स लघुवित्त विकास बैंकका कार्यक्रम सहायक मानबहादुर बानियाँले बताउनुभयो ।

लघुवित्त विकास बैंकको लागि एउटा समुह गठन गर्दा कम्तिमा १० देखि ४० जनासम्म विवाहित महिला हुनुपर्ने व्यवस्था छ । समुहमा आवद्ध महिलाको आर्थिक अवस्था कसरी सुधार गर्ने, व्यवसाय सञ्चालन गर्न उनीहरुलाई आइपरेका समस्या र चुनौती लगायतका विषयमा छलफल गर्ने गरिएको कार्यक्रम सहायक बानियाको भनाई छ । समुहमा बसेपछि एक अर्कामा घुलमिल हुनसक्ने, आफ्नो कुरा राख्न सक्ने बानप्को विकास हुने, व्यवसायको बारेमा आवश्यक सहयोग र जानकारी पाउन सकिने लघुवित्तका महिला सदस्यले बताए ।

दोलखा जिल्लामा १२ वटा लघुवित्त विकास बैङ्क सञ्चालनमा रहेको र त्यसमा झण्डै १५ सय महिला आवद्ध रहको मानिन्छ । यी बैङ्कहरुले दोलखामा झण्डै एक करोड लगानी गरेको सरोकारवालाहरु बताउँछन् ।

तस्विरः ऋणबारे समूहमा छलफल गर्दै लघुवित्त विकास बैङ्कका सदस्यहरु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: