जन्मदर्ता नहुँदा तीन वर्षदेखि आठ कक्षामै


दोस्रो विवाह गरेका बाबुले बनाई दिएनन् जन्मदर्ता

प्रकाशित मिति :2017-01-29 14:43:14

यमुना खनाल

सिरहा । जिल्लाको महदेवापोर्ताहा गाविसकी किशोरी संजिला यादब (१६) जन्मदर्ता नहुँदा तीन वर्षदेखि कक्षा आठमै पढ्न बाध्य भएकी छिन् । बाबुले जन्मदर्ता नबनाइदिएको र जन्मदर्ता नभएपछि कक्षा आठको परिक्षा दिन नपाएको भन्दै उनले इलाका प्रशासन कार्यालय लहानमा उजुरी समेत गरेकी छन् ।

कक्षा आठको बोर्ड परीक्षाका लागि जन्मदर्ता अनिवार्य बुझाउनुपर्ने भएकोले उनी परीक्षा दिनबाट वन्चित भएकी हुन् । आफुले जन्मदर्ता बनाईदिन पटक पटक आग्रह गरेपनि बाबुले नसुनेको, बनाउनु परे कान्छी आमाको नामबाट मात्र बनाईदिने भनेपछि उनले प्रशासनमा निवेदन दिएकी हुन् ।

निवेदन दिएपछि प्रशासनले संजिलाका बाबु राम कुमार यादवलाई कार्यालयमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो । तर, राम कुमार फेला परेका छैनन् । उनी भागेको भन्दै प्रहरी चुप लागेर बसेको बालिकाका आफन्तले आरोप लगाएका छन् ।

छोरीको जन्मदर्ता गर्दा जेठी श्रीमतीको विवाह दर्ता गर्नुपर्छ र त्यसपछि अंश दिनुपर्छ भन्ने डरले बाबुले जन्म दर्ता नगरिदिएको स्थानीय देवचन्च यादवले बताउनुभयो ।

संजिला पाँच वर्षकी हुँदा उनका राम कुमारले दोस्रो विवाह गरेका थिए । संजिलाका अनुसार, दोस्रो विवाहपछि बाबुले उनी र उनकी आमालाई घरबाट निकालेका थिए । अहिले उनीहरु मावलीमा बस्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: