लोकतन्त्र र अग्रगमन शहीदका बलिदानले : राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2017-01-29 15:25:41

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् शहीदका त्याग तथा बलिदानको परिणाम भएको भन्दै उनीहरुले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा दिएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले ज्ञात–अज्ञात शहीदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सो सन्देशमा उहाँले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सकेमा मात्र शहीदहरु प्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले त्यसतर्फ सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले एक सन्देश जारी गर्दै शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले सन्देशमा जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाउँदै आएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको शहीद स्मारकमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धाञ्जली सभामा सभामुख, मन्त्रीहरू, मुख्य सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारी उपस्थित थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: