चुल्हो छोएको आरोपमा कुटपिट


प्रकाशित मिति :2017-01-30 11:27:13

महिला खबर

सुनसरी । जिल्लाको वराहक्षेत्रमा चुल्हो छोएको आरोपमा एकजना दलित महिलामाथि कुटपिट भएको छ । बराहक्षेत्र बगुवाकी दलित महिलालाई स्थानीय एक वृद्धले चुल्हो छोएको निहुँमा कुटपीट गरेका हुन् ।

स्थानीय कृतिमान राईले २२ वर्षीया शारदा विकलाई अपशव्द प्रयोग गरि गालीगलौज गर्दै कुटपीट गरेको पीडितका बाबु चुन वहादुरले जानकारी दिनुभयोे । राईले आफुले खाना पकाउँदै गरेको चुल्हो छोएको भनेर अपशव्द प्रयोग गर्दै कुटपिट गरेको उहाँले बताउनुभयो ।

तिमीहरु सानो जातका हौं, किन चुल्हो छोएको भन्दै अपशव्द प्रयोग गरेपछि भनाभन भएको पीडित शारदा विकले बताउनुभयो । भनाभन हुँदै गएपछि कपाल समाएर कुटपिट गरेको उहाँले बताउनुभयो । आफूहरु न्यायको खोजिमा रहेपनि गाउँ घरमा भएको घटना गाउँमा नै मिलाउनु पर्छ भने दबाब आएको उहाँले जानकारी दिनुभयो । तर, पीडितका वुवा चुन वहादुरले न्यायको लागि प्रयास गर्ने बताउनुभयो । सो घटना भएको केहि दिनपछि मात्र सार्वजनिक भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: