सिरहामा तीन सय महिलामा पाठेघरको समस्या


एक सय तीन जनाको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने

प्रकाशित मिति :2017-01-30 11:39:19

यमुना खनाल

सिरहा। पाठेघर खस्ने समस्या तराईका जिल्लामा प्रकोपको रुपमा बढ्दै गएको छ । लहानमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या तीन सय सात जना महिलामा भेटिएको छ । जसमध्ये १०३ महिलाको चौथो चरण अथवा अप्रेसन गर्नुपर्ने समस्या भेटिएको छ ।

शिविरमा ९८ जना महिलामा पहिलो चरणको समस्या अथवा पाठेघरले ठाँउ छोडेको अवस्था भेटिएको छ । उनीहरुलाई औषधी दिएर नियमित चेकजाँच गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

यसैगरि, दोस्रो चरणको समस्या अथवा पाठेघर मुखसम्म आईपुगेको ४० जना महिलालाई रिङ पे्रसरी लगाएको र ४८ जना महिलालाई पहिला लगाएको रिङ प्रेसरी खोलिएको कामना नर्सिङ होम लहानका प्रबन्धक चन्द्र नारायण कुशवाहाले जानकारी दिनुभयो । भारतीय दुतावासको सहयोगमा सञ्चालित सो शिविरमा सिरहा जिल्लाका विभिन्न स्थानबाट सेवाग्राहीले स्वास्थ्य शिविरमा सेवा लिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: