समाचार आएपछि श्याम कुमारीले पाइन् नागरिकता


प्रकाशित मिति :2017-01-30 14:29:12

महिला खबर

सिरहा । महिला खबर डट कम र रेडियो कार्यक्रम नसुनिएका आवाजको रिर्पाेटिङको प्रभावले लहानकी एक महिलाले नागरिकता पाएकी छन् ।

लहान नगरपालिका दश गुदी गाँउकी श्याम कुमारी रोक्काको नागरिकता बन्न नसकेका कारण र उनले नागरिकता पाउने उपायबारे निरन्तर रिर्पाेटिङ गरेपछि  उनले नागरिकता पाएकी हुन् ।

महिला खबर डट कम र रेडियो कार्यक्रम नसुनिएका आवाजमा रोक्काले नागरिकता नहुँदा भोगेको समस्या र नागरिकता किन बनेन भनेर निरन्तर समाचार संकलन गरेको थियो ।

श्याम कुमारीका श्रीमानले विवाह दर्ता र नागरिकता बनाउन आनाकानी गर्ने र विवाह भएको सिफारिस लिन माईती गाउँमा जाँदा सचिव नभेटिएको कारण उनको नागरिकता बन्न सकेको थिएन ।

नागरिकता नहुँदा रोक्काका तीन छोराछोरीको जन्म दर्ता हुन सकेको थिएन । जन्मदर्ता नहुँदा उनीहरु स्कुल जानबाट समेत वन्चित भएका थिए । नागरिकता बनेपछि अहिले उनको खुशीको सीमा छैन । ‘अब अरुका झैं मेरा छोराछोरी पनि स्कुल जान पाउनेछन्,’ उनले खुशी हुँदै भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: