‘मुढेको आलु’ उर्मादै महिला


प्रकाशित मिति :2017-01-30 15:29:00

सर्मिला बुढाथोकी

आलु रोप्दै खरीढुङ्गाकी पार्वती मानन्धर

दोलखा । काठमाडौंका भान्छामा ‘मुढेको आलु’ लोकप्रिय छ । यहि लोकप्रिय आलुको व्यवसायिक उत्पादनमा दोलखाका महिला लागेका छन् । आलु उत्पादनमा प्रख्यात जिल्लाको खरीढुङगा, मनगाउँ, झोर, घलेडाँडा लगायतका क्षेत्रबाट उत्पादित आलुले मुढेको आलुको स्वाद जोगाइराखेका छन् ।

अहिले आलु रोप्ने समय हो । वार्षिक १० करोड भन्दा बढीको आलु निर्यात गर्ने यी गाँउमा आलु रोप्ने मौसम सुरु भएसँगै महिलाको सक्रियता पनि बढेको छ । खरीढुङ्गाकी पार्वती मानन्धरले आलु रोप्ने मौसम सुरु भइसकेकोले घरका महिला, पुरुष सबै सदस्य आ–आफ्नो जिम्मेवारी अनुसार बारी खन्ने, आलु रोप्ने काममा लागेको बताउनुभयो ।

दोलखाको शैलुङ्गेश्वर, लाकुरीडाँडा लगायतका आलु उत्पादन हुने गाँउमा प्रत्येक घरबाट वार्षिक एक देखी ६ लाखसम्मको आलु बिक्री हँुदै आएको छ । यो वर्ष समयमै हिमपात भएकोले आलु उत्पादन बढ्ने भन्दै जिल्लामा आलु रोप्न उत्साह देखिएको छ । ‘घरका महिला पुरुष सबै सदस्य आलु रोप्ने काममा व्यस्त छौ, सबै मिलेर काम गर्दा व्यवसाय पनि राम्रो भएको छ,’ पार्वतीले भन्नुभयो ।

आलु रोपिएको मनगाउँको बारी ।

शैलुङ्गेश्वर झोरकी सुन्तली श्रेष्ठ पनि अहिले आलु रोप्ने काममा व्यस्त हुनुहुन्छ । ‘पहिले पहिले घरको काम महिलाले र आर्थिक कारोबार पुरुषले गर्ने चलन थियो,’ सुन्तली भन्नुभयो, ‘त्यतिखेर व्यवसाय खासै फस्टाउँदो थिएन तर अहिले सबैले काम गर्न थालेपछि आलु उत्पादन पनि वृद्धि भएको छ, व्यापार पनि राम्रो छ ।’ उहाँका अनुसार अहिले घरका पुरुष सदस्यले व्यवसायमा महिलालाई पनि विश्वास र भरोसा गर्न थालेका छन् ।

दोलखाको शैलुङ्गेश्वर गाविसमा पर्ने झोर, मनगाँउ, घलेडाँडा, कालापानी लगायतका गाउँमा झण्डै तीन सय घर धुरी रहेका छन् । यो क्षेत्रमा कृषि नै प्रमुख पेशा हो । कृषिमा पनि अधिकांशले आलु उत्पादन गर्ने गर्दछन् । आलु बाहेक काउली र बन्दा जस्ता तरकारी पनि उत्पादन हुने गरेको छ । मनगाँउका लालबहादुर श्रेष्ठ भन्नुहुन्छ, ‘व्यवसायमा महिला र पुरुष बराबरी काम गर्न थालेका छौं, अब काममा भेदभाव छैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: