प्राथमिक स्वास्थ्य केन्द्र मै प्रसूति शल्यक्रियाको व्यवस्था


प्रकाशित मिति :2017-01-30 16:49:10

अप्रिल अधिकारी

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको प्रसूति शल्यक्रिया कक्ष

रामेछाप । जिल्लामा पहिलो पटक शल्यक्रियासहितको प्रसूति सेवा संचालनमा आएपछि जटिल अवस्थाका गर्भवती महिलालाई सहज भएको छ । शल्यक्रिया गर्नैपर्नेहरू एक वर्षको अवधिमा प्रसूतिका लागि काठमाडौं जाने महिलाको संख्यामा समेत कमि आएको छ ।

एकवर्ष अघि सामान्य तवरले सुत्केरी हुन नसक्दा समय र पैसा खर्च गरेर काठमाडौं जाने बाध्यता यसले गर्दा टरेको छ । सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक २४ घण्टे प्रसूति शल्यक्रिया भएपछि आमा र बच्चाको ज्यान समेत जोखिममा पारेर काठमाडौं धाउनुपर्ने बाध्यता हटेको चिकित्सक निलिजा शाक्यले बताउनुभयो । सो सेवा जिल्लामा नहुँदा धेरै महिलाले ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो ।

गएको वैैशाख १७ गतेबाट शल्यक्रिया संचालन गरिएको सो केन्द्रमा ९ महिनाको अवधिमा ५० जना सामान्य सुत्केरी हुन नसकेका गर्भवतिको सफल शल्यक्रिया भइसेकेको चिकित्सक शाक्यले जानकारी दिनुभयो । पहिला सामान्य तरिकाले हुने प्रसूति बाहेक अन्य प्रसूतिका लागि अधिकांश स्वास्थ्य संस्थाबाट काठमाडौंका लागि रिफर हुन्थ्यो, तर अहिले छिटफुट बाहेक कुनै पनि केश बाहिर रिफर नहुने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ । अझ जिल्लाका गाविसस्तरमा संचालित बर्थिङ सेन्टरहरूले समेत सेन्टरमा संभव नभएकालाई प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

हाल जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसहित ३० स्थानमा बर्थिङ सेन्टर संचालनमा छन् । जिल्लामा नै यस्तो सेवा संचालन भएपछि धेरै महिलाका लागि यो खुशीको कुरा बनेको स्वास्थ्यकर्मीहरू बताउँछन् । शल्यक्रियापछि पनि महिलाको अवस्था हेरी एक हप्ता या बढी केन्द्रमा नै राखेर निःशुल्क शल्यक्रियासँगै निःशुल्क हेरचाहको प्रबन्ध समेत केन्द्रमा मिलाइएको छ । सुत्केरी हुन गाउँबाट आउनेका लागि स्थान अनुसार निश्चित यातायात खर्च समेत प्रदान गरिने हुँदा निम्न आय भएका महिलालाई स्वास्थ्य केन्द्रसम्मको पहुँच बनाउन यसले ठूलो मद्दत गरेको छ । खर्च नभएकै कारण अस्पतालसम्म आउन नसक्नेहरूका लागि यातायात खर्चको व्यवस्था ठूलो राहत बनेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा रामेछापका साथै दोलखा, सिन्धुली ओखलढुंगाका समेत गर्भवती प्रसूति शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ । रामेछापसँग सीमा जोडिएको अन्य जिल्लाका सर्वसाधरणका लागि यहाँको प्रसूति सेवा प्रभावकारी बन्दै जान थालेको केन्द्रले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: