महिलालाई गरिवीविरुद्ध बाख्रापालन तालिम


प्रकाशित मिति :2017-01-31 10:34:05

बेलिना थापा

लमजुङ । सीप तथा व्यावसायिक विकासका लागि महिालालाई ७ दिने बाख्रापालन तालिम दिइएको छ । महिला तथा बालबालिका कार्यालय लमजुङले गरिबीविरुद्ध महिला अभियान कार्यक्रम अन्र्तगत सो तालिम संचालन गरेको हो । महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले गरिबीविरुद्ध महिला अभियान कार्यक्रम संचालन गरेको परेवाडाँडामा सहकारी संस्थामा आवद्ध महिलाहरूलाई तालिम दिइएको बताउनुभयो । महिलालाई आत्मर्निभर बनाइ आर्थिक सशक्तिकरणका र व्यवसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँको भनाइ थियो ।

तालिममा परेवाडाँडाका महिला बहुउद्देश्यीय सहकारी संस्थाका ४० जना सहभागी थिए । यो वर्ष सो गाविसका १२० जना महिलालाई तालिम दिने योजना रहेको कार्यालयले जनाएको छ । हालसम्म ८० जना महिलालाई बाख्रापालन तालिम दिइसकेको छ भने ४० जनालाई तालिम दिन बाँकी छ ।

कार्यालयले सोही कार्यक्रम अन्र्तगत उदीपुरका १२० जना महिलालाई पनि उक्त तालिम दिइसकेको छ । महिलाको चाहना अनुसार नै कार्ययोजना तयार गरी सो तालिम संचालन गर्ने गरेका कार्यालयले जनाएको छ ।

बाख्रापालन तालिममा जिल्ला पशुसेवा कार्यालयका प्रमुखलगायतका कर्मचारीले बाख्राको जात, बाख्राको छनौट, खोर व्यवस्थापन, डाले घाँस खेती जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी महिलाले तालिमबाट बाख्रापालन सम्बन्धी थप ज्ञान पाएको भन्दै व्यवसायिक रुपमा लाग्ने बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: