आउँदो निर्वाचनमा सशक्त उम्मेदवारी दिन महिलालाई आग्रह


प्रकाशित मिति :2017-01-31 15:06:25

भवानी अधिकारी

प्रशिक्षणमा सहभागीसहित पूर्व मन्त्री निलम केसी

स्याङ्जा । राष्ट्रियस्तरमै निर्वाचनका बारेमा चर्को वहस चलिरहेका बेला स्याङ्जामा पनि समानुपातिक समावेशी प्रतिनिधित्व कसरी र कहाँ कहाँ गर्न सकिन्छ भनेर महिला जुर्मुराएका छन् । यसका लागि उनीहरूले बिभिन्न छलmफल र प्रशिक्षण कार्यक्रम गरिरहेको छन् ।

समानुपातिक समावेशी सहभागिताका विषयमा स्याङ्जामा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्व मन्त्री निलम केसीले सहजीकरण गुर्नभयो । यसक्रममा उहाँँले समानुपातिक समावेशी सहभागितामा सरकार उदासिन रहेको बताउदै संविधान प्रदत्त अधिकारको उपयोग गर्न आउदो निर्वाचनमा महिलालाई सशक्त उम्मेदवारी दिन आग्रह गर्नुभयो ।

अन्तरपार्टी महिला संजाल केन्द्रीय कार्यालयको आयोजनामा स्याङ्जामा आयोजित २ दिने समानुपातिक समावेशी प्रतिनिधित्व अभिमूखीकरण कार्यक्रममा प्रशिक्षण दिँदै पूर्वमन्त्री केसीले समानुपातिक सहभागिताका कुरा गरेर नथाक्ने राजनीतिक दलहरूको क्रियाकलापले महिलालाई उपेक्षा र वेवास्ता गरेको जनाउँदै सरकारका जम्बो मन्त्रीमण्डलमा १ जना मन्त्री र ४ जना राज्यमन्त्री बनाएर महिलाको उपहास गरेको बताउनुभयो ।

४६ सालको आन्दोलन होस् वा २०६२/ ०६३ को गणतान्त्रिक आन्दोलनमा पुरुषका हातमा हात र काँधमा काँध मिलाएर सँगै हिडेका सहयात्री महिलालाई अझै पनि दोश्रो दर्जामा राख्ने गरेको अन्तरपार्टी महिला संजालका केन्द्रीय कोषाध्यक्ष लक्ष्मी शाहले बताउनुभयो । जवसम्म महिला नीति निर्माणतहमा पुग्दैनन् तवसम्म समानुपातिक महिला सहभागिता ओझेलमा पर्ने हुँदा जुनसुकै राजनीतिक दल, धर्म, समुदाय/ सम्प्रदाय भएपनि महिलाका पक्षमा महिला नै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकमा निर्वाचनका बारे बहस सुरु भएकाले अन्तरपार्टी महिला संजालले समानुपातिक महिला प्रतिनिधित्व बढाउन देशव्यापी अभियान संचालन गरेको हो । १० राजनीतिक पाटीमा आवद्ध महिलाको संजाल स्याङ्जामा पनि बिस्तार गरिएको हो ।

स्याङ्जामा सहभागी ६ राजनीतिक पार्टी आवद्ध अन्तरपार्टी महिला संजालका ३० जना सदस्यले जिल्लाका प्रस्तावित ५ नगरपालिकासहित ६ गाउँपालिकामा पुगेर महिला सहभागिताका बारेमा प्रशिक्षण दिने संजालका संस्थापक अध्यक्ष सरस्वती तिवारीले जानकारी दिनुभयो ।

स्थानीय तहमा महिला सहभागिता, संविधानमा व्यवस्था भए बमोजिमका महिला अधिकार, राज्यका हरेक तहमा महिला प्रतिनिधित्वको अवस्थाका बारेमा प्रशिक्षण दिँदै गाउँ गाउँमा पुग्ने नेकपा एमालेका तर्फबाट संजालमा सहभागी तारा शर्माले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा संयुक्त र नेकपा मालेका महिला संघ/ संगठनका गरी ३५ जना महिला सहभागी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: