आँगनमै धारा वनेपछि स्थानिय महिलाको दैनिकी फेरियो


प्रकाशित मिति :2017-02-01 10:26:37

महिला खबर

पाईपलाईन विछ्याउँन श्रमदान गर्दै महिला

सिन्धुपाल्चोक। आफ्नै आँगनको धारामा कपडा धुँदै गरेकी इर्खुकी सुकुमाया घिसिङलाई छ महिना अघिसम्म घर नजिकै खानेपानी पाउनु सपना मात्रै हो भन्ने लाग्दथ्यो । एक गाग्री पानी लिन घण्टौ समय खर्चनुपथ्र्यो । तर आँगनमै धारा जोडिएपछि अहिले उनको दिनचर्यामा निकै परिवर्तन भएको छ । ‘विहान एक गाग्री पानीमै वित्थ्यो, ‘बालबालिकालाई एक गाग्री पानी ल्याएर खाना ख्वाएर विद्यालय पठाउनै भ्याईदैनथ्यो, तर अहिले यी समस्या दुर भएका छन्’ विगत सम्झँदै उनले भनिन् । उनले अहिले करेसावारीमा तरकारी समेत रोपेकी छिन् ।
कदमवास गोर्सूकी विष्णुकुमारी श्रेष्ठलाई पनि एक गाग्री पानी ल्याउन एक घण्टा खर्चिनुपर्ने वाध्यता हटेको छ । आफ्नै आँगनमा पानीको धारा खसेपछि उनलाई वर्षाैंपछि वोझ घटेको हो । श्रेष्ठ जस्तै गोर्सुका ५० घरधुरी खानेपानीको समस्यावाट एकसाथ मुक्त भएका छन् ।

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च मार्फत संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोगमा जिल्लाका तीन गाउँ विकास समितिसहित चौतारा नगरपालिकामा खानेपानी परियोजना निर्माण भएका छन् । १ करोड ४६ लाख रुपैयाँको लगानीमा बनेका १५ खानेपानी योजनावाट १ हजार ६९ घरधुरी लाभान्वित भएका छन् ।

धारामा कपडा धुँदै

उक्त रकम बराबर स्थानियले श्रमदान गरेको खानेपानी निर्माण उपभोक्ता समितिले जनाएको छ । ‘संस्थासँग सम्झौता भएको रकमले निर्माण सामग्री खरिद गर्‍यो , अरु सवै श्रमदान गरेर बनाएका हौं’ साँगाचोक कार्कीटारकी शारदा तिमल्सिनाले भनिन् । गाँउमा खानेपानी समस्या समाधान भएसँगै खेर गएको पानी तरकारी फलाउने उनको योजना छ । ४६ घरधुरी लाभान्वित भएको ईर्खु सिमखोला खानेपानी आयोजनाले स्थानियको दैनिकी फेरिदिएको छ । आँगनकै धारामा पानी आएपछि स्थानिय आईती तामाङले पशुपालन सुरु गरेको बताइन् । उनले अहिले दैनिक दुध विक्री गरेर आम्दानी समेत गर्न थालेकी छन् ।

घर नजिकै पानीको धारा आएपछि महिलाको कामको वोझ घटेको छ । पानी वोक्ने, कपडा धुने, सरसफाईलगायतका काममा महिलालाई ठूलो राहत मिलेको छ त्यसैले महिलाले आफैँ धेरै श्रमदान गरेको वताए ।

भूकम्पपछि खाने पानीको चरम समस्या जिल्लावासीले भोगिरहेका छन् । खानेपानी तथा सरसफाईको क्षेत्रमा फट्को मार्दै गर्दा विनासकारी भूकमपले घर, शौचालय सहित खानेपानीको धारा मात्र ढालेन पानीको मुहानै सुक्यो । खानेपानीको मुहानै परिवर्तन भएपछि सदरमुकाम चौतारा, ईर्खु, कदमवास, ठूलोसिरुवारी, साँगाचोक, कदमवास, ठोकर्पालगायत अधिकांश गाविसमा खानेपानीको चरम अभाव रहेको थियो । साँगाचोक, ईर्खु, कदमवास र चौतारामा १५ वटा खानेपानी योजना सम्पन्न भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: