नागरिकता पाईन् सुनिताले


प्रकाशित मिति :2017-02-01 11:29:04

महिला खबर
सिन्धुपाल्चोक । ईर्खुकी सुनिता वनले नेपाली नागरिकता वनाउन सफल भएकी छिन् । श्रीमानले दोस्रो विवाह गरी फरार भएकाले नागरिकता बनाउन नपाएकी उनको महिला खवर डट कममा समाचार प्रकाशन भएपछि नेपाली नागरिकता वनेको हो । स्थानियको सहयोग र केही संचारकर्मी र अधिकारवादीहरूको प्रयत्नमा उनले नागरिकता वनाएकी हुन् । २८ वर्षीया सुनिताको विवाह गरेको १० वर्षपछि नागरिकता वनेको हो ।

नागरिकता वनेपछि सुनिताले छोराछोरीको जन्म दर्ता समेत गरिन् । पटक पटक नागरिकता र विवाह दर्ताका लागि अनुरोध गर्दा समेत उनकाक श्रीमान् बेलवहादुरले कुनै वास्ता गरेका थिएनन् । उनको एक छोरा र एक छोरी छन् ।

उदयपुरवाट सानै उमेरमा काठमाडौं आई घरायसी काममा लागेकी उनले १० वर्ष अघि बेलवहादुर वनसँग भागी विवाह गरेकी थिईन् । ‘कलिलै उमेरमा भागेर यहाँसम्म आएँ, परिवारले त मलाई न्याय दिएन, तर समाजले दियो, यति भएपछि छोराछारीले लडेर पनि खान सक्छन्’ नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन् ।

नागरिकता वनेपछि आवास अनुदान पाईनेमा समेत उनी ढुक्क छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: