तेह्र लाख बढि सुधारिएको चुल्हो


चुल्होले गृहणीको स्वास्थ्यमा सुधार

प्रकाशित मिति :2017-02-01 13:04:36

खेमा बस्नेत

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नेपालमा हालसम्ममा १३ लाख भन्दा बढी सुधारिएको चुल्होे निमार्ण भएको बताएको छ । केन्द्रले दिएको जानकारी अनुसार धुवाँ नआउने यस्ता चुल्होले खाना पकाउने काममा संलग्न महिलाको स्वास्थ्यमा समेत सुधार देखिएको छ ।

केन्द्रका अनुसार ०७२ साउनसम्म देशका विभिन्न स्थानमा १३ लाख ५ हजार ७ सय ४१ सुधारिएको चुल्होे निमार्ण गरिएका छन् । यीनमा माटोको सुधारिएको चुल्होे १२ लाख ८१ हजार १ सय ८७ र फलामे चुल्हो २४ हजार ५ सय ५४ रहेका छन् । माटोको चुल्हो बनाउने खर्च स्थानीयले नै जुटाउँदै आएका छन् ।

केन्दले भुकम्प प्रभावित जिल्लाहरुमा समेत यस्ता चुल्होको निर्माण गरेको छ । यसले जिल्ला विकास समिति मार्फत भुकम्प पीडितलाई २४ हजार सुधारिएको चुल्हो बाँडेको छ । हाल ती जिल्लामा थप २४ हजार सुधारिएको चुल्हो वितरण कार्य भइरहेको छ ।

केन्द्रका अनुसार हालसम्म गाविस मात्र घर भित्रको धुवाँ मुक्त भएका छन्, तर कुनै पनि जिल्ला पूर्ण रुपमा घर भित्रको धुवाँ मुक्त जिल्ला बन्न सकेको छैन । केन्द्रले नेपालका २ सय ११ गाविसलाई घरभित्रको धुँवा मुक्त गाविस भनेर घोषणा गरेको छ ।

सरकारले पौष ०७० मा धुँवा आउने चुल्हो हटाउने उदेश्यले महत्वाकांक्षी योजना घोषणा गरेको थियो र यसलाई आर्थिक वर्ष २०७१÷७२ को नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । यसैगरि, ‘हरेक घरधुरीमा स्वच्छ उर्जाको प्रयोग’ भन्ने अभियान अन्र्तगत सरकारले सन् २०१७ भित्र देशैभरि धुँवामुक्त चुल्हो निर्माण गर्ने लक्ष्य राखेको छ ।

सुधारिएको चुल्होले गृहणीको स्वास्थ्यमा सुधार

अहिले पनि नेपालका धेरै ग्रामीण बस्तीमा धुँवाको मुस्लोको प्रवाह नगरी बिहान बेलुकी भान्छामा घन्टौं काम गर्ने महिला धेरै छन् । ती मध्ये कतिपय धुँवाले स्वास्थ्यमा पुर्याउने क्षतिबारे बेखबर छन् । कोही भने धुँवाको मुस्लोले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि प्रविधिको अभावमा जोखिममा काम गर्न बाध्य छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत शुभलक्ष्मी श्रेष्ठले सुधारिएको चुल्होले प्रत्यक्ष रुपमा गृहणीको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । अधिकृत श्रेष्ठले चुल्हो निर्माणपछि महिलामा खासगरि श्वास प्रस्वास र आँखा सम्बन्धी विभिन्न समस्या र रोगमा कमी आएको छ । यसका साथै, आगलागीका घटनामा समेत उल्लेख्य कमी आएको छ ।

‘धुवाँले अधिकांश महिलामा दम, खोकी, आँखा चिलाउने समस्या थियो, साथै उनीहरुसँग भएका बच्चालाई समेत असर परिरहेको थियो । सुधारिएको चुल्हो प्रयोग गर्नेले अहिले यस्ता समस्या नहुने भन्छन्,’ अधिकृत श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार परम्परागत चुल्हो भन्दा कम धुवाँ आउनु र दाउराको खपत पनि कम हुँदा महिलाको समय तथा खर्च समेत बचत भएको छ । उहाँले भन्नुभयो, ‘अहिले पहिलाको भन्दा आधा दाउराले खाना पाक्छ । यसले दाउरा खोज्न जाने समय, श्रम र पैसाको बचत भएको छ ।’

फाईल तस्विर

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: