चटपटेले चटपट बनायो उमाको व्यवसाय


प्रकाशित मिति :2017-02-01 14:49:47

पार्वती पाण्डे


कपिलवस्तु । कुनै पनि काम ठुलो र सानो भन्ने हुँदैन । निरन्तर लागेमा अरुले वेवास्ता गरेको काम पनि फाइदामूलक हुनसक्छ । यस्तै उदाहरणीय बन्नुभएको छ, कपिलवस्तु बाणगंगा ठाकुरापुरकी उमा पंगेनी । उमाले गत वर्षबाट मात्र सुरु गरेको चटपटे व्यापारले उनको आर्थिक अवस्था नै बदलेको छ ।

ठेला र साइकलमा चलाएको चटपटे व्यापारले उहाँले करिब ६ लाख रुपैयाँ क्रण समेत तिर्न भ्याउनुभएको छ । उमाका श्रीमान कृष्ण पंगेनी, दुई छोरा र एक छोरी सहितको परिवार यहि व्यवसायले जीवन धान्न सक्षम भएका छन् । कमाएको पैसाले घरखर्च गर्न र छोराछोरी पढाउन उनीहरुलाई सहज भएको छ । उमा भन्नुहुन्छ, ‘यो काम सबैले सानो भनेर वेवास्ता गर्थे, अहिले यसैले हामीलाई फाइदा भइरहेको छ, महिनाको ६० हजार सम्म आम्दानी हुन्छ ।’

पूख्र्यौली घर स्याङ्जामा सञ्चालन गरेको तरकारी व्यवसाय छोडेर कपिलवस्तु आइपुग्नुभएका उमा र उहाँका श्रीमान् दुवैजना छुट्टाछुट्टै चटपटे बेच्ने गर्छन् । उमा ठेलामा र श्रीमान् कृष्ण साइकलमा गजेहडा, झुंगासम्म चटपटे बेच्न जाने गर्छन् । ‘थोरै मेहेनत र लगानीमा धैरै आम्दानी कसरी गर्न सकिन्छ भन्ने सोचाईले चटपटे बेच्न थालियो, यसले धेरै फाइदा भएको छ,’ कृष्ण बताउनुहुन्छ । तराई झरेपछि उनले साइकल बनाउने, सिलिण्डर मर्मत गर्ने काम पनि सिकेका छन् ।

उमाका अनुसार स्याङ्जाको वालिङमा खोलिएको तरकारी पसल पनि सुरुमा राम्रै थियो । तर, विस्तारै तरकारी पसल थपिँदै जान थालेपछि उनीहरुको व्यापार खस्किन पुग्यो । धेरै पसल भएपछि व्यापार फस्टाएन र उनीहरु त्यो व्यवसाय नै बन्द गर्न बाध्य भए । लगानी थोरै  

गर्नुपर्ने अर्को विकल्पको रुपमा उनीहरुले चटपटे व्यवसायलाई रोजेका थिए । अहिले कृष्ण दिउँसो १२ बजे र उमा २ बजे व्यापार गर्न निस्कन्छन् । ‘अरुको जागिर गरेको भए कहाँ यस्तो सजिलो र धेरै आम्दानी हुने काम गर्न पाइन्थ्यो ? अहिले आफ्नै कमाईमा हामी सन्तुष्ट छौं,’ उमा भन्नुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: