उद्धारको प्रतिक्षामा सेफ हाउस


प्रकाशित मिति :2017-02-01 14:58:36

इन्द्रसरा खड्का


बैतडी । जिल्लाको सदरमुकाम नजिकैको गढीमा तीन वर्षअघि निमार्ण भएको सेफहाउस अर्थात् महिला सुरक्षागृह सञ्चालनमा आउन सकेको छैन ।

जिल्लामा हिंसा प्रभावित महिलाको सुरक्षाको लागि भन्दै तीन वर्षअघि सेफहाउसको निर्माण गरिएको थियो । करिब २४ लाख रुपैयाँको लागतमा पाँचकोठे भवनलाई सेफ हाउसको रुपमा प्रयोग गरिने बताइएको थियो । तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गएको हो ।

भवन निर्माण अन्तरपार्टी महिला सञ्जाल, दशरथचन्द नगरपालिका, जिविस, केयर नेपाल, रुडेस र समुदायको सहयोगमा भएको थियो । तर, सञ्चालनमा कसैले चासो नदिएपछि सेफहाउस सञ्चालनमा आउन नसकेको अन्तरपार्टी महिला सञ्जाल बैतडीकी अध्यक्ष पार्वती भट्टले बताउनुभयो । ‘भवन त जसोतसो बनाइयो, तर सञ्चालनमा कतैबाट आर्थिक सहयोग भएन,’ उहाँले भन्नुभयो ।

निर्माण भएको सेफ हाउस सञ्चालनमा ल्याउनका लागि सरोकारवालाहरुसँग पटक पटक छलफल गरिएपनि सञ्चालनमा आउन नसकेको अध्यक्ष भट्टले बताउनुभयो ।

लैंगिक हिंसा निवारण जिल्ला समन्वय समितिको बैठकले समेत महिला सुरक्षागृहलाई सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ तर त्यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: