हिंसाविरुद्ध पुग्दैछ गाउँ गाउँमा चेतना


प्रकाशित मिति :2017-02-02 10:45:04

अप्रिल अधिकारी
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा एकवर्षको अवधिमा घरेलु हिंसाका ३२ वटा उजुरी परेका छन् । गए वर्षको तुलनामा उजुरी पर्ने क्रम पनि बढेको देखिएको छ ।

अंग्रेजी वर्ष २०१६ को जनवरीदेखि डिसेम्बरसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ वटा उजुरी दर्ता भएको र २१ वटा मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीमा आएका ३२ मध्ये ५ वटा अदालती प्रक्रियामा गएका छन् भने ७ वटा भने उजुरी गर्ने निवेदक नै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार ५ वटा जवरजस्ती करणीका मुद्दा परेकोमा ५ वटा नै अदालती प्रक्रियामा गइसकेको छ । जिल्ला प्रहरी कार्यालयमा गएका वर्षमा भन्दा घरेलु हिंसाका घटना दर्ता हुने क्रम बढेको प्रवक्ता जोशीले बताउनुभयो । जोशी भन्नुहुन्छ ‘पहिले पिडा सहेर बस्ने गरेका कारण पीडकलाई जे गरे पनि केही हुन्न भन्ने थियो र घटना बाक्लै हुन्थे, प्रहरी तथा अन्य निकायमा उजुरी पर्दैनथे, तर अहिले चेतनास्तर बढेसँगै उजुरी आउन थालेका छन् यसले पीडकको मनोबल घटाउन मद्दत पुग्छ ।’
यसले अब हिंसा गरे कार्वाहीको भागिदार बन्नुपर्छ भन्ने सन्देश गएको छ भने पीडितलाई पिडा सहँदा झन बढी पीडित भइन्छ भन्ने सन्देश समेत जान थालेको उहाँको विश्वास छ । यद्यपि सबै क्षेत्रमा चेतना भने पुगि नसेको उहाँले बताउनुभयो ।

जिल्लामा महिला हिंसाका घटना बाक्लै हुने, तर ती घटना सबै सार्वजनिक नहुने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापका प्रतिनिधी नवराज पथिकले बताउनुभयो । उहाँले रामेछापमा सार्वजनिक भएर आउने तथ्यांक हेर्दा हिंसाका घटना बढेको बताउनु भयो । घटना लुकाउँदा र सार्वजनिक गर्दाका फाइदा र बेफाइदाका बारेमा पीडितमा जानकारी नहुँदा घटना सार्वजनिक नभएको र झन पीडित बनेर बस्नु परेको उहाँले बताउनु भयो ।

हिंसा पीडित महिलाको पक्षमा कानुन बलियो भएता पनि कानुनी कुराका बारेमा ग्रामिण महिलामा चेतना पुग्न नसक्दा पनि समस्या भएको जिल्ला सरकारी वकिलको कार्यालयका निमित्त प्रमुख बासुदेब लम्सालले बताउनुभयो । उहाँले घरपरिवारमा भएको घटना बाहिर किन लानु सामान्य त हो नि भन्दै बेवास्ता गर्ने कारण पनि त्यही सामान्य घटनाले जटिल रुप लिने गरेको लम्सालको ठम्याइ छ । त्यसैले पनि ग्रामिण भेगका महिलामा यो विषयमा चेतना पुग्नु जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

पछिल्ला दिनमा प्रहरीको महिला सेल, महिला विकास कार्यालय र महिला समूह तथा संजालको सक्रियताले महिला हिंसाका घटनाका बारेमा चेतना बढाउने कार्यक्रम भएपनि पर्याप्त भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता पे्रम जोशीको भनाइ छ ।

शहर बजार र मुख्य स्थानमा महिला हिंसा सम्बन्धि जनचेतनाका कार्यक्रम हुने गरेको भएपनि ग्रामिण भेग र समस्या बढी आउने खालका समुदाय पहिचान गरी कार्यक्रम जान नसकेको सरोकारवाला बताउँछन् ।

घरेलु हिंसा सम्बन्धि कतिपय उजुरीहरू महिला विकास कार्यालयमा समेत पर्ने गरेका छन् । महिला विकास कार्यालयमा परेका उजुरी कतिपय दुईपक्ष राखेर मिलाएर पठाइन्छ भने कतिपय प्रहरी र कानुनी प्रक्रियामा जाने महिला विकास अधिकृत सत्यदेवी अधिकारीले बताउनुभयो । पछिल्ला दिनमा महिला हिंसा नघटेता पनि हिंसा पीडितका उजुरी आउने क्रम बढेको उहाँको अनुभव छ ।

महिला विकास कार्यालयले जिल्ला र गाउँस्तरमा संचालन गर्ने महिलासँग सम्बन्धित तालिममा घरेलु हिंसाका बारेमा समेत बताउन थालेपछि केही चेतना आएपनि सबै तिर त्यसको प्रभाव भने पुग्न नसकेको स्वीकार गर्दै अवका दिनमा पनि कसरी अघि बढेर घरेलु हिंसालाई न्युनिकरण गर्न सकिन्छ भन्ने कुरामा आफू सचेत रहेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: