कानुनी शब्द सामन्ती र पुरुषप्रधान : सभासद्


प्रकाशित मिति :2017-02-02 13:24:44

महिला खबर

 

काठमाडौं । सभासद् तथा एमाले नेता पेम्बा लामाले कानुनी शब्द सामन्ती र पुरुषप्रधान भएकाले महिलाले संविधानले दिएका अधिकार समेत पाउन नसकेको बताउनु भएको छ ।

मीडिया एड्भोकेसी ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले न्यायपरिषदले ८० जना न्यायाधीशमा ६ महिलामात्रै नियुक्त गरेको उदाहरण दिँदै संविधानले राज्यका हरेक निकायमा एक तिहाई महिला प्रतिनिधित्व हुनुपर्ने बताएपनि व्यवहारमा लागू नभएको बताउनुभयो ।

‘संविधानले भनेका कुरा ऐनमा छैन, यसैले एकदम तोकेर नलेखेको कुरा सामन्ती र पुरुषप्रधान सोचका कारण लागू हुन गाह्रो छ,’ उहाँले भन्नुभयो, ‘यसैले अब महिलाले के, कस्ता अधिकार पाउँछन्, तोकिएरै लेखिनुपर्छ, अनि भाषा सरल र सबैले बुझ्ने खालको बनाउनुपर्छ ।’
यसैगरि, अर्का सभासद् तथा नेपाली काँग्रेसका नेता अनिता देवकोटाले कानुनमा भएका विभेदकारी शब्द हटाउन व्यवहारिक रुपमा कठिन भएको बताउनुभयो । ‘देवानी संहितामा लोग्ने स्वास्नी भन्ने शब्द हटाउन निकै प्रयास गर्यौं, तर मूल कानुनमै यस्ता विभेदकारी शब्द रहिरहेका छन्,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता उषा मल्ल पाठकले फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक ‘अपराध संहिता २०७१’ लाई लैङ्गिकमैत्री बनाउने प्रस्ताव समेटिएको एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्रमा अपराध संहिताका ३०६ दफामध्ये २५ दफालाई संशोधन गर्न प्रस्ताव गरिएको थियो । तीमध्ये गर्भपतन सम्बन्धी व्यवस्थामा गरिएको प्रस्तावमा बाह्र हप्ता भन्दा बढी अठार हप्ता सम्मको गर्भ भए तीन वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना र अठार हप्ता भन्दा बढिको गर्भ भए पाँच वर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरिवाना गर्नुपर्ने उल्लेख छ ।

यसैगरि बलात्कारका केहि दफामा पनि संशोधन प्रस्ताव गरिएको छ । प्रस्तावमा मञ्जुरी नलिई वा लिई १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई करणी गरेमा जवरजस्ती करणी गरेको मानिनुपर्ने, योनीमा लिङ्ग मात्र नभई लिङ्ग वा अन्य अङ्ग वा अन्य कुनै वस्तु योनीमा केही मात्र प्रवेश गराएमा जवरजस्ती करणी गरेको मान्नुपर्ने, १० वर्ष मुनिका बालिका तथा ७० वर्ष माथिका महिलालाई जवरजस्ती करणी गर्नेलाई जन्मकैदको व्यवस्था हुनुपर्ने तथा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा हुने पाँच वर्ष कैद हटाई त्यसलाई जर्बजस्ती करणी अन्र्तगत कारबाही गर्नुपर्ने उल्लेख छ । यसबाहेक सामुहिक रुपमा जवरजस्ती करणी गर्ने वा गर्भवती, अशक्त, वा अपाङ्गता भएका वा शारिरीक वा मानसिक रुपमा अस्वस्थ महिलालाई जवरजस्ती करणी गरेमा थप तीन वर्ष हुने सजायँलाई पाँचवर्ष बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: