निर्वाचनमा महिला सहभागिता वढाउन अभियान


प्रकाशित मिति :2017-02-02 14:49:00

विदुर आचार्य
सिन्धुपाल्चोक । आगामी निर्वाचनमा महिलाको सहभागिता र भूमिका जानकारी गराउने भन्दै अखिल नेपाल महिला संघ सिन्धुपाल्चोकले जिल्लाव्यापी अभियान चलाएको छ ।

माघको पहिलो हप्तादेखि सञ्चालित सो अभियान विकट गाँउ हगाममा महिला भेला तथा प्रशिक्षण कार्यक्रमबाट सुरु गरिएको थियो ।
महिलालाई संगठन निर्माणसँगै स्थानीय निर्वाचनबारे जानकारी र चासो जगाउने तथा उम्मेदवार समेत बनेर निर्वाचनमा सक्रिय रुपमा सहभागी बन्न प्रेरणा गरेको संघका अध्यक्ष देवी अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाका विकट हिमाली गाउँ गुम्वा, गोल्चे, हगाम, पाङताङ, ईचोक, थकनी लगायत सदरमुकाम चौतारासँग जोडिएका साँगाचोक र मेलम्ची नगरपालिका सहित महाँकालकालमा समेत अभियान सञ्चालन भइसकेको छ ।

नेकपा एमाले नेता भगवती नेपाल, बालकुमारी सापकोटा र अनेरास्ववियुकी पूर्व नेता सीता थापा लगायतका महिला नेताहरुले अभियानको अगुवाई गरेका छन् । स्थानीय निर्वाचनको आवश्यकता, महत्व र महिला सहभागिताको विषयमा प्रशिक्षण केन्द्रित रहेको जिल्ला सचिव उमा प्रधानले जानकारी दिनुभयो ।

‘संविधानले महिलाको सीट सुरक्षित त गरेको छ तर, दुर्गमका महिलाहरु सशक्त भएका छैनन,’ अभियानको क्रममा थापाले भन्नुभयो, ‘सक्षम र योग्य महिला उमेद्वार निर्माण गर्न अभियान चलाएका हौं ।’ प्रशिक्षणपछि महिलाहरु संविधानमा उल्लेखित अधिकार सदुप्रयोग गर्ने तयारीमा लागेका थापाको विश्वास छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा क्रियाशील राजनीतिक दलहरुलाई महिला सहभागितामा जोड दिन पटक पटक सुझाए पनि अन्य दल तथा कुनैपनि संघ संगठनले यसबारे चासो देखाएको पाँर्ईदैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: