किशोरीले लिए सोह्र वर्षमै नागरिकता


प्रकाशित मिति :2017-02-03 11:03:12

यमुना खनाल

नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय लहानमा पालो पर्खदै किशोरी

सिरहा । लहान नगरपालिका तरीगनाकी रन्जु चौधरी (१७) ईलाका प्रशासन कार्यालयमा भेटिईन् । नागरिकता बनाउन आएकी उनी ११ कक्षाकी विद्यार्थी पनि हुन् । पहिले पढेलेखेका महिला कम भएकोले उनीहरुलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा नभएको तर आफु शिक्षित भएकोले नागरिकता आवश्यक छ भन्ने थाहा पाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘नागरिकता समयमा नै बनाउनु पर्छ, नभए राज्यले दिने अवसरबाट वन्चित हुनुपर्छ ।’

रन्जुसँगै तरीगनाकै सन्जु चौधरी (१८) ईलाका प्रशासन कार्यालय लहानमा भेटिईन् । उनी पनि अहिले प्लस टु गर्दैछिन् । उनलाई चाँहि विवाहअघि नै नागरिकता लिनु छ । ‘विवाहपछि श्रीमान् र परिवारले नागरिकता बनाइदिने हुन् कि हैनन्, आफ्ना आमा बुबाबाटै नागरिकता लिए ढुक्क हुन्छ, ’ उनी भन्छिन् । नागरिकता नभई पढाई र घरव्यवहारमा अप्ठेरो हुने उनको भनाई छ ।

कार्यालयमै भेटिएकी लहान नगरपालिकाकी मनिषा चौधरी बल्ल १६ वर्ष मात्र पुगिन् । नागरिकता आवश्यक छ भन्ने थाहा पाएपछि प्रशासनमा आइपुगेको उनी बताउँछिन् । ‘हामी जस्ता सचेत युवाले १६ वर्ष पुग्ने बित्तिकै नागरिकता लिनुपर्छ,’ उनी भन्छिन् ।

कानुन अनुसार १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकता लिन सक्छन् । पछिल्लो समय, जिल्लामा महिलाले नागरिकता लिने कुरामा परिवर्तन देखिन थालेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पहिले महिलाले घर व्यवहार र प्रशासनिक काममा अति आवश्यक नभएसम्म, कामै रोकिने अवस्थामा र परिवारमा मेलमिलाप रहेसम्म नागरिकता बनाउन खासै चासो देखाउँदैनथिए । तर, अहिले भने उनीहरु स्वतः स्र्फूत नागरिकताको लागि आउन थालेका छन् ।

यहिकारण, जिल्ला प्रशासन कार्यालयमा ८० वर्षका वृद्धवृद्धा मात्र होइन, भर्खर १६ वर्ष पुगेका किशोरी समेत भेटिन थालेका छन् । यसरी नागरिकता लिन आउनेमा अधिकांश शिक्षित छन् । उनीहरुले एसएलसी दिए लगत्तै नागरिकता बनाउन थालेका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: