यामकुमारीलाई कायम मुकायम सचिवको जिम्मेवारी


प्रकाशित मिति :2017-02-03 12:29:49

महिला खबर


काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग मन्त्रालयका प्रवक्ता तथा औधोगिक प्रर्वद्धन महाशाखा प्रमुख यामकुमारी खतिवडालाई कायम मुकायम सचिवमा नियुक्त गरेको छ । सचिवमा भने भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुंगाना नियुक्त हुनुभएको छ ।

सचिव सिफारिसमा दोस्रो वरियतामा रहनुभएका खतिवडाले अब क्षेत्रीय प्रशासन कार्यालय पोखरामा प्रशासकको जिम्मेवारी सम्हाल्नुहुनेछ । महिला खबरसँग कुरा गर्दै उहाँले तल्लो तहदेखि रोलक्रममै बढुवा भइरहेकोले सामान्य लागेको बताउनुभयो । ‘नौ वर्ष सहसचिव भइसकें, यसैले बढुवा भएको सामान्य लागेको छ,’ उहाँले भन्नुभयो ।

खतिवडाले सरकारी सेवामा झण्डै २२ वर्ष बिताउनुभएको छ । उहाँ ०५१ मा संसद सचिवालयमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । ०५६ सालमा उपसचिवमा बढुवा हुनुभएका खतिवडा त्यसपछि प्रशासन सेवामै हुनुहुन्छ । यसपछि ०६५ सालमा उहाँ सहसचिवमा बढुवा हुनुभएको थियो । ०७१ सालमा  सचिव वृन्दा हाडापछि महिलाको नियुक्ति हुन सकेको थिएन।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: