सुनीताका श्रीमानलाई ज्यान मुद्दा


प्रकाशित मिति :2017-02-03 14:48:16

महिला खबर

काठमाडौं । श्रीमानले ज्युँदै जलाउन खोज्दा ज्यान गुमाएकी नेपालगन्ज वडा नं.१२ की सुनिता खटिकका श्रीमान राजेन्द्र खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कार्यालयका अनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने छ ।

‘जलाउने श्रीमानलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ, अब उनको बयान लिने, मुद्दा अघि बढाउने गर्छौं,’ कार्यालयका प्रमुख टेकप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार प्रहरीसँग श्रीमानविरुद्ध दिएको बयानको भिडियो रेर्कड समेत छ ।

गतमाघ ६ मा घरायसी विवादमा राजेन्द्रले २३ वर्षीया श्रीमती सुनीतालाई बलिरहेको मट्टितेलको टुकीले मुखमा हानेका थिए । सख्त घाइते भएकी सुनीताको नेपालगञ्जमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । आइसीयुमा राखिएकी सुनिताको उपचारको क्रममा मंगलवार राती सवा नौ बजे मृत्यु भएको थियो ।

मट्टितेलको टुकीले जलाउन खोज्दा उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो । आगोको राप धेरै निलेर फोक्सो जलेका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनकी अढाई वर्षीया एक छोरी छिन् ।

छोराले जलाएपछि सुनीतालाई सासुले उपचारको लागि काठमाडौं ल्याएकी थिईन् । सुनिताको सम्पूर्ण उपचार खर्च जिम्मा सरकारले लिएको थियो । भारतको गोरखपुरस्थित दोहरियाकी सुनीता अढाई वर्षअघि विवाह गरी नेपाल आएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: