क्यान्सरः पहिचान गर्नै समस्या


प्रकाशित मिति :2017-02-04 12:00:26

सर्मिला बुढाथोकी

तस्विरः क्यान्सर पीडित सिता र शारदा ।

दोलखा । न दुख्यो, न पोल्यो, न रोग लाग्यो भन्ने केहि लक्षण नै देखियो । तर, जब थाहा भयो, स्तन क्यान्सर भइसकेको थियो– दोलखा भीमेश्वर नगरपालिकाकी सीता थापा गौतमको अनुभव हो यो ।

क्यान्सरबारे थाहा नपाउँदा सीताले समयमै उपचार गर्न सकिनन् । ०७२ असोजमै स्तनमा सानो गाँठो देखा परेको थाहा पाएपछि उपचारमा हिँडेकी उनलाई दोलखाको स्थानीय स्वास्थ्य संस्थाले रोग पत्ता लागेन भनेर काठमाडौँ सिफारिस गरिदियो । रोग नभएकोले पत्ता नलागेको भन्ने अनुमानमा रहेकी उनी गाँठो दुख्न थालेपछि मात्र सचेत भएकी थिइन् । त्यसपछि, उपचारको लागि काठमाण्डौं शिक्षण अस्पताल पुगेपछि मात्रै उनले आफुलाई स्तन क्यान्सर भएको भन्ने थाहा पाएकी थिइन् । ‘रोग त पत्ता लाग्यो, तर धेरै ढिला भइसकेको रहेछ,’ सीता भन्छिन् ।

बेलैमा समस्या पहिचान नभएपछि सीतालाई उपचार पनि महंगो भएको छ । समयमै पत्ता लागेको भए धेरै खर्च नलाग्ने कुरा उनले रोग जटिल भएपछि मात्र थाहा पाइन् । ‘रोग जटिल छ, उपचार गर्न धेरै खर्च लाग्ने रहेछ । परिवारको माया नभएको भए यो जीवन रहँदैन थियो,’ उनी भन्छिन् ।

सरकारले दिएको सहुलियतले उपचारमा खासै सहयोग नगरेको उनको भनाई छ । उनी भन्छिन्, ‘जम्मा एक लाख सहुलियत पाए त्यसले उपचारमा एक छेउ पनि पुगेन ।’ ६ पटक किमो र फिजियोथेरापी पछि पनि नियमित औषधि सेवन गरिरहेकी सीता महिलामा हुने क्यान्सरको बारेमा सरकारले चेतनामुलक कार्यक्रम नियमित गर्नुपर्ने बताउँछिन् ।

क्यान्सरकै कारण पीडित दोलखाकी शारदा शिवाकोटी यस्तो रोग कसैलाई नलागोस् भन्ने कामना गर्छिन् । उनले पनि ढिलो गरि आफुलाई क्यान्सर भएको पत्तो पाएकी थिइन् । पटक पटक पेट दुख्ने समस्या भएपछि ग्याष्ट्रिकको औषधी सेवन गर्न थालेकी शिवाकोटीलाई पछि पछि असह्य हुने गरी पेट दुख्न थाल्यो । लामो समय पछि मात्र उनको क्यान्सर पहिचान भएको थियो । ‘क्यान्सर त ढिलोगरि पत्ता लाग्यो, तर मैले नयाँ जीवन परिवारको मायाले पाएँ । क्यान्सरको औषधि परिवारको माया पनि रहेछ,’ उनी भन्छिन् ।

पछिल्लो समय जिल्लामा क्यान्सरका बिरामी बढ्दै गएका छन् । क्यान्सरको शुरुवाती चरणमा क्यान्सर भएको ठाउँमा खासै दुख्ने पोल्ने नहुने भएकोले अधिकांश क्यान्सरका बिरामी अन्तिम स्टेजमा पुगेपछि मात्र उपचारको लागि स्वास्थ्य संस्था पुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

दोलखामा चालु आर्थिक वर्षमा ३५ जना क्यान्सर पीडितले सरकारले दिने सहुलियतको लागि आवेदन गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक कुमार दाहालले जानकारी दिए । दाहालका अनुसार कुल ३५ मध्ये पनि १५ जना महिला रहेको र अधिकांश स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट पीडित भएकाहरु छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले बेलाबेलामा बिरामीमा क्यान्सर रोगको स्क्रिनिङ गर्ने भएपनि चेतनामूलक कार्यक्रम भने सञ्चालन नभएको दहालको भनाई छ ।

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर मिना मर्हजन क्यान्सर रोगको बारेमा चेतनाको अभाव रहेकोले धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्रै उपचारको लागि आउनाले बिरामीलाई पूर्ण रुपमा स्वस्थ हुन समस्या पर्ने गरेको बताउँछिन् । उनका अनुसार जिल्लामा क्यान्सर परिक्षणको व्यवस्था नभएको, रेडियो थेरापी, केमो थेरापी जस्ता सुविधा नभएकोले क्यान्सरका बिरामीहरु महंगो शुल्क तिरेर राजधानीमा उपचार गर्न जान बाध्य भएका छन् । क्यान्सर रोग ग्रामीण क्षेत्रमा धेरै देखिन थालेकोले जिल्ला अस्पतालमा यसको परिक्षण तथा उपचारको व्यवस्था गरिनुपर्ने उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: