पर्यटन प्रवर्द्धन गर्न घलेगाउँबाट पाठ सिक्नुपर्नेः राष्ट्रपति


प्रकाशित मिति :2017-02-05 11:28:56

बेलिना थापा

लमजुङ । राष्ट्रपति विद्या भण्डारीले पर्यटन प्रवर्द्धनको लागि मुलुकले घलेगाउँबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ । लमजुङको उत्तरकन्या घलेगाउँमा निर्माण भएको सार्क भिलेज पर्यटन संग्रहालय उद्घाटनको क्रममा बोल्दै राष्ट्रपति भण्डारीले घलेगाउँ रैथाने पर्यटनको राजधानीको रुपमा चिनिएको बताउनुभयो ।

‘यहाँका भेडिगोठ, प्राकृतिक सम्पदा र संस्कृति, राडी पाखीलगायतका स्थानीय उत्पादनले पर्यटकको मन जितेको छ, ’ उहाँले भन्नुभयो ।
उहाँले दिगो कृषि प्रणालीमा ध्यान पुर्‍याई स्थानीयको जीवनस्तर उकास्न सम्वन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले प्रसिद्ध अन्नपुर्ण पदमार्गका साथै त्यहाँका जलविद्युत, जडिवुटी र कृषिका सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

‘अर्थतन्त्रको आधारका रुपमा रहेका जलश्रोत, कृषि र पर्यटनका लागि सिंगो लमजुङ महत्वपूर्ण रहेको छ । यहाँको सम्पदाको उचित प्रयोग गरी युवालाई गाउँमै परिचालन गर्दै देश विकासको मुलबाटोमा अघि बढाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

उहाँले गुरुङहरूको आदिम थलोको रुपमा परिचित लमजुङको घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँको रुपमा घोषणा हुनु गर्वको विषय भएको भन्दै यहाँका उत्पादनलाई आधुनिकरण गरी व्यवसायिक र वजारीकरण गर्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।

समाजिक विकृति हटाउन घलेगाउँको दलित बस्तीमा शुरु गरिएको होमस्टे उदाहरणीय भएको भन्दै मध्यपहाडी लोकमार्ग लमजुङ भएर जाने हुनाले यहाँको पर्यटकीय सम्भावना अझै बढी रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीलाई स्थानीयले उत्पादन गरेको राडीले सम्मान गरिएको थियो भने उहाँका छोरी डाक्टर निसा कुसुम भण्डारीलाई गुरुङ पोशाकले सम्मान गरिएको थियो । सो अवसरमा स्थानीयले घाटु नाचलगायत अन्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा घलेगाउँको कला, सँस्कृतिको विकासका लागि योगदान पुर्‍याएको भन्दै उत्तरकन्या ३ का लिलाबहादुर घलेलाई सम्मान गरिएको थियो ।

सार्क राष्ट्रकै नमूना मानिएको घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय संग्रहालय निर्माण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको दुई लाख रुपैयाँ सहयोग र स्थानीयको जनश्रमदानबाट उक्त संग्रहालय निर्माण गरिएको हो । संग्रहालयमा गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तुहरू तथा जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सामग्री राखिएको छ ।

घलेगाउँमा वार्षिक ३० हजार भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्राकृतिक दृश्यावलोकन, होमस्टे, स्थानीय चिया बगानसँगै अतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।

यसैगरि, राष्ट्रपति भण्डारीले बेसीशहर नगरपालिका–१३ स्थित गंगामिलन माविको स्वर्ण महोत्सवको शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: